माघि मिलन तथा खुल्ला फुटबल प्रतियोगिता क्वाटर फाइनल खेल सम्पन्न

गणेश क्षेत्री
टीकापुर, ११ माघ/कैलाली को टीकापुर नगरपालिका वडा न ८ बटनपुरमा जारी माघि मिलन तथा खुल्ला फुटबल प्रतियोगिता पाँचौ दिन क्वाटर फाइनल खेल सम्पन्न भएको छ ।


क्वाटर फाइनल को पहिलो खेलमा सगरमाथा ‘सि’ र एम वाइ ‘सि’ मिलनचोक बिच भएको खेलमा मिलनचोकले सगरमाथा युथ क्लब सि लाइ सुन्य का विरुद्ध ५ गोल गर्दै भारि अन्तरले बिजयि भएको छ तेसैगरि दोस्रो खेल जिआर १४ र युनाइटेड एकेडेमी बिच भएको थियो । मध्यानतर भन्दा अगाडि जिआर १४ ले १ गोल गरेको थियो । मध्यान्तर पछि युनाइटेड ले १ गोल गरेपछि खेल बराबर भएको थियो । खेलको अन्तिमसम्म मा पनि दुबै पक्षले थप गोल गर्न नसकेपछि पेनाल्टी भएको थियो । पेनाल्टीमा युनाइटेड एकेडेमी बिजयी भएको थियो ।
आज हुने रोमाञ्चक सेमिफाइनल खेलमा सगरमाथा ‘ए’ र एम वाइ सि मिलनचोक बिच हुने भएको अध्यक्ष योगेन्द्र साउद ले बताउनुभयो ।
प्रतियोगिताको सगरमाथा युथ क्लब आयोजक र धनसिहपुर प्रबासि समिति मुख्य प्रायोजक रहेको छ भने प्रथम पुरुस्कार ५१ हजार नगद र शिल्ड रहेको छ ।
द्वितीय लाइ ३१ हजार नगद र सिल्ड रहेको छ ।