टीकापुर, २१ भाद्र/शान्ति पुर्नस्थापना गृह धनगढी –२ को सम्पर्क कार्यालय टीकापुरको खक्रौलामा रहेको आयोजनामा बुधबार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं राष्ट्रिय दिवस मनाईएको छ ।
संस्थाका कर्मचारी दिपा बिष्टको सभापतित्वमा भएको कार्यक्रम मा वडान ९ का सदस्य भरत साउँद प्रमुख अतिथी रहनु भएको थियो ।
सामाजिक न्याय र आर्थिक सशक्तीकरणः मानव बेचबिखन निर्मुल भन्ने कार्यक्रम को मुल नारा रहेको थियो ।
प्रमुख अतिथि भरत साउँद ले आजको २१ औ शताब्दीमा पनि मानव बेचबिखन भइरहनु निकै दुःखद् भएको बताउनु भयो ।
सिमा नाकाबाट ईन्डिया अथवा अन्य मुलुकमा कलिला उमेरका चेलीबेटीहरु जाने हुना ले श्रमका साथै यौन शोषण समेत हुने हुनाले सर्बप्रथम त महिला बालबालिका र महिला बेचबिखन विरुद्धको संस्था सक्रिय हुनुपर्ने बताउनुभयो ।
शान्ति पुर्नस्थापना गृहले मानव बेचबिखन रोक्न गरेका कार्यहरू सर्हानिय भएको बताउनुभयो ।
कर्मचारी पृयङ्का देबकोटाको स्वागत मन्तव्य संगैै सुरुभएको कार्यक्रममा सशस्त्र प्रहरीका गणेश बिक,समाजसेवी सुरेन्द्र देबकर, महिला सेलका द्रोपती राना ,अटो ब्यवसायिका महासचिव रामसरण रेग्मी, माइती नेपालका सुपर भाइजर निसा चौधरी ,साना हात नेपालका तुलसी बिक , समाजसेबी कमला कोइराला लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको संचालन कर्मचारी अन्जु कुँवरले गर्नुभएको थियो ।