मिलेर खाने दाउ

सम्पादकीय
नेपालमा पछिल्लो समय केही निश्चित नेताहरु मिलेर देशमा साशन गर्ने प्रयास गरिरहेका छन् । निर्बाचनमा कुनै पनि दल एक्लै लड्ने मानसिक रुपमा तयार छैनन् । दुई पार्टीको गठबन्धन भएपछि अर्काे दलका नेता तथा कार्यकर्ता निर्बाचन लड्न डराउने गरेका छन् । केवल सत्ता स्वार्थका लागि नेताहरु गठबन्धन भन्दै नागरिक लाई ठग्नमा व्यस्त छन् । कांग्रेस र एमाले मिलेर काम गर्ने हो भने टण्टा साफ हुन्छ । माओवादीले सत्ता चलाउन सक्दैन । माओवादीले च्याखेको राजनीति गरेर अस्थिरता निम्ताइरहेको छ । प्रधानमन्त्री बन्दा एउटा दलसंग सम्झौता गरियो प्रधानमन्त्री बनेपछि अर्काे दलसंग मिलेर सरकार चलाउने नीति आफैमा अपवित्र हो । बोल्दा आफ्नो पक्षमा मात्र कुरा राख्ने र अरुको बिश्लेषणका बारेमा मनन् नगर्ने राजनीतिले देशलाई फाइदा पुग्ने होइन । दुई दुई महिनामा गठबन्धन परिवर्तन हुने राजनीतिले देशलाई निकास दिने कुरै भएन । सत्तामा गएपछि कमाउनुपर्छ भन्ने मानसिकताले काम गरिरहेको छ । हिजो पश्चगमन भनेर जसलाई गाली गरे गणतन्त्रवादीहरुले अहिले उनै पश्चगमनकारीले गणतन्त्रवादीलाई सिकाइरहेको अवस्था छ । गणतन्त्रका नाममा नागरिक दुखि छन् तर नेताहरुको मस्ती छ । नागरिकलाई गास बास कपासको समस्या एकातिर छ भने अर्काे तर्फ काम गरेर खाने वातावरण छैन । केवल कर असुल्ने बाहेक अरु कुरा अर्थमन्त्री हुनेले थाहा पाउँदैनन् । तसर्थ नागरिक समयमै सचेत हुन जरुरी छ । गठबन्धनका नाममा भइरहेको बिकृतीका बिरुद्ध हरेक नागरिक सचेत हुन जरुरी छ ।