मुलुक कठिन अवस्थामा

सम्पादकीय
यतिखेर मुलुक कठिन अवस्थामा छ तर नेताहरु गभिंर भएको पाईदैन । रेमिट्यान्सले धानेको मुलुकमा उत्पादनमा ध्यान दिइएको छैन । उत्पादन बढाउने सवालमा राज्यका निकाय कमजोर सावित भएका छन् । प्रष्ट नीति नबनाउँदा उत्पादन मुखी अर्थतन्त्र हुन सकेको छैन । उत्पादनमा ध्यान नदिदासम्म नागरिकको आर्थिक प्रगति हुने छैन । टीकापुर क्षेत्रमा पनि ८० प्रतिशत व्यपारी आर्थिक समस्यामा छन् । सामान्य कारोवार गर्नेले १५ लाख रुपैयाँ भ्याट र १० लाख रुपैयाँ बैङ्क व्याज बुझाएका छन् । यसरी भ्याट र व्याज बुझाउँदा व्यबसाय गर्नेलाई भने बालबालिकाको शिक्षा, स्वास्थ्य र आफ्नो दैनिक जीवन यापनकै समस्या छ । व्यबसाय गरेर कर तिर्दा नागरिकले एकछाक खान पाउँदैन भने कसले व्यबसाय गर्छ रु टीकापुर लगायतका अन्य बजारमा केही व्यबसायी बाहेक अधिकांसको हालत खराब छ । व्यबसाय गर्दा पनि दुई छाक खान समस्या छ भने देशको अवस्था कस्तो होला  । व्यबसाय गर्दा राज्यको नीति कति बेला परिवर्तन हुने हो थाहा हुँदैन । नागरिकले कमाउन नपाउने अनी कर भरी जसरी पनि बुझाउनुपर्ने नीतिले जनतालाई राहत हुने कुरै भएन । अस्थिर मुलुकमा कसैले पनि लगानी गर्ने वातावरण छैन । रोजगारका अवसर गुम्दै जाने , व्यबसाय गरेर ऋणको व्याज र कर मात्र तिर्नुपर्ने हो भने नागरिक देशमा किन बस्छन् रु नागरिक मुलुकमा काम गरेर बस्ने वातावरण बनाउँनुको साटो बिदेश काम गर्न पठाउन हतार गर्ने नीतिले मुलुक तहस नहस नभएको छ । मुलुक तहस नहस भइरहेको भएपनि नेताहरु गम्भिर भएर देशको अर्थतन्त्र सुधार्न लागेको पाइदैन। आम नागरिकमा नेताहरु प्रति आक्रोसको माहोल छ । जनता र नेताहरु बीचको सम्बन्ध समधुर छैन । यस्तो अवस्थामा एक आपसमा अबिश्वासको वातावरण बन्नु स्वभाविकै हो । तसर्थ नागरिक सचेत हुन जरुरी छ ।