मुलुक संकटमा छ

सम्पादकीय
मुलुक दिनप्रतिदिन संकटमा फस्दै गएको छ । नागरिकको आर्थिक अवस्था कमजोर मात्र होइन हजारौं व्यबसायीको घरजग्गा लिलाम हुने अवस्था छ । यस्तो अवस्था भए बैङ्कले कतिजनाको घरजग्गा लिलाम गर्छ ? आम्दानीको स्रोत घट्दै छ तर सत्तामा बसेका नेताहरु खर्च बढाउनमा उद्यत छन् । आर्थिक अवस्थाको कुरा गर्ने हो भने निर्माण व्यबसायीले काम गरेको रकम तिर्दैन सरकार । फजुल खर्च कम गर्ने सवालमा सत्तामा बस्नेहरुलाई केही वास्ता छ्रैन । सत्ता र शक्तीको आडमा मनपरी खर्च गर्ने र नागरिकका सवालमा चासो नराखेको आम गुनासो छ । नागरिक उपचार नपाएर मृत्यु रोज्न बाध्य छन् । कतिपयले बिरामी भएपछि सहज रुपमा मृत्यु रोज्छु भन्न थालेका छन् । यस्तो सोच नागरिकमा बस्न थालेको छ । अहिलेको अवस्थामा व्यापार व्यबसाय गर्नु भनेको भएको सम्पत्ती सक्नु हो भनेर नागरिकले भन्न थालेका छन् । यस्तो भावना जनतामा गढ्दै गएको छ तर नेताहरुलाई केही वास्ता छैन । अहिलेका सत्ताधारीसंग नागरिक खुसी छैनन् । प्रधानमन्त्रीले बर्तमान सरकारले राम्रो काम गरेकै कारण बिरोधीहरु अत्तालिएर भ्रम फैलाउन लागेको भन्ने अभिव्यक्ति दिन्छन् । अझ भ्रम रोक्ने काम बुद्धिजीविले गर्नुपर्ने प्रधान मन्त्री प्रचण्डको भनाई छ । जे बोलेपनि हुन्छ भन्ने मानसिकता बलियो हुँदै जाँदा प्रचण्डले यस्तो अभिव्यक्ति दिने आँट गरेका हुन् । नागरिकको भावना बुझ्न नसक्ेनहरु साशक हुने प्रयासमा लागेपछि देश र जनताले दुख पाउनु स्वभाविकै हो । तसर्थ जनता सडकमा आउने हो या सचेत गराउन अन्य कुनै कार्यक्रम ल्याउने हो भन्ने बारेमा लाग्न जरुरी छ । यसरी मुलुक कुनै हालतमा पार लाग्दैन ।