मोटो धान उत्पादन गर्ने मसिनो चामल खाने नेपाली

सम्पादकीय

हरेक देशका नागरिकले आफ्नो उत्पादनलाई महत्व दिने गरेका छन् । आफ्नो उत्पादनले बजार नपाएर सस्तो मुल्यमा बिक्रि गर्नुपर्ने अनी बिदेशमा उत्पादन भएका खाने कुरा हुन् या घरायसी जीवनमा प्रयोग हुने सामान चाहिने भएपछि आर्थिक समस्या पर्नु स्वभाबिकै हो । कृषि प्रधान देश भन्छौ खाद्यान्न बिदेशिकै भरमा पर्छाै । नेपालमा मोटो धान उत्पादन गर्ने र खाने बेला मसिनो धान खोज्ने प्रचलन बढ्दै गएको छ । बिगतमा मोटो धान उत्पादन गरेपछि मोटो चामल नै खाने गरिन्थ्यो । मसिनो चामल खानेका नाममा अहिले बिदेशबाट अर्बाै रुपैयाको चामल आयात हुन थालेको छ । कृषि प्रधान देश भन्ने अर्बाै रुपैयाको चामल मात्र आयात गर्ने हो भने देशको आर्थिक अवस्था कसरी सुधार हुन्छ ? कृषिमा आत्म निर्भर हुने योजना नल्याउूदा कृषि उत्पादनमा बृद्धि हुन सकेको छैन । कृषिमा आधुनिक औजार र प्रर्णाली प्रयोग हुन सकेको छैन । कृषि उत्पादनका लागि आवश्यक अधिकांस औजारहरु निर्माण भएका छन् तिनी औजारहरु नेपालका कृषकले प्रयोग गर्ने वातावरण बनाउन जरुरी छ । अघिल्लो आर्थिक बर्षमा ५० अर्ब ४ करोडको चामल नेपाल भित्रिएको तथ्याकं छ । नेपाल राष्ट्र बैङ्कको तथ्यांक अनुसार २०७६/०७७ मा ३३ अर्ब र २०७५/०७६ मा ३२ अर्बको चामल नेपाल भित्रिएको थियो । यो तथ्याकंलाई नियाल्ने हो भने नेपालको अवस्था जर्जर् छ भन्ने प्रष्ट छ । कृषि प्रधान देश भन्ने अनी ५० अर्बको चामल बिदेशबाट ल्याउने ? चामल उत्पादन गर्न सक्दैनौं भने अरु बस्तु कसरी उत्पादन गर्न सक्छौ ? कृषि मन्त्रालय छ आधुनिकरणका बारेमा ध्यान दिएको पाइदैन । तसर्थ नेपाल सरकार गभिंर भएर कृषि नीतिलाई उत्पादन मुखि बनाउन जरुरी छ । उत्पादन बढाउने गरी ठोस योजना बर्तमान सरकार ल्याउन जरुरी छ । अनुदानका नाममा बजेट सकिन्छ तर वास्तविक कृषकले लाभ पाउन सक्दैन । बजेट जसरी पनि सक्ने नीतिले टाठाबाठाले अनुदान खान थालेका छन् । यस्ता बिषयमा सरकारी निकाय गम्भिर हुन जरुरी छ ।