युवाहरूको आमभेला सम्पन्न

 

गणेश क्षेत्री

टीकापुर ,८ साउन/ टीकापुर नगरपालिका वडा नं. ७ सत्तीमा वडा स्तरिय युवाहरूको आमभेला सम्पन्न भएको छ ।
आमभेला मा उठेका विभिन्न प्रस्न र जिज्ञासा् को जवाफ वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने ले दिनुभएको थियो ।
वडा अध्यक्ष न्यौपाने ले सत्ती बजार सबैभन्दा चर्चित गल्ला बजारको रूपमा रहेको र सबैभन्दा ठुलो शिबलिङ्ग रहेको पदम प्रकाशेस्वर मन्दिर , बेत बाँस र अजिङ्गर को खानी रहेको सत्ती कर्णाली सामुदायिक बन रहेको बताउदै यो क्षेत्र को बिकाश को लागि युवाहरू को भुमिका महत्त्वपूर्ण बताउनुभयो ।।
सिमा सङ्ग जोडिएको क्षेत्र हुनाले पनि लागुऔसध को कारोबार सङ्ग जोडीने हुनाले सबै सचेत र सजग हुनुपर्ने बताउनुभयो । सत्ती को फुटबल ग्राउन्ड ,बसपार्क ,क्वारेन्टाइन को पुनः स्थापना को लागि बिशेष पहल गर्ने न्यौपाने ले बताउनुभयो
युवाहरु भबिस्यको कर्णधार भएको र राजनिती होस वा सामाजिक सबै कार्यमा युवाहरू को नेतृत्व बढ्दै गयकोले आफ्नो वडामा गठन हुनलागेको वडा स्तरीय युवा समितिलाइ साथ र सहयोग रहने बताउनुभयो ।


भानु सामुदायिक पुस्तकालय का अध्यक्ष मनिराम ढुङ्गाना ले तल्लो क्षेत्र बाढीपीडित ले त समस्या ग्रस्त छदैछ राजनीतिक हिसाबले र नगरपालिका को विभिन्न बिकाश निर्माण को कार्यक्रम मा समेत पछाडी पर्नु दुस्खद भएको बताउनुभयो ।ढुङ्गाना ले अब गठन हुने युवाहरूको समितिले गर्नेकार्य हरु उल्लेखनीय हुनुपर्ने बताउदै राजनीति बाट यो समिती टाढा रहेर कार्य गर्नुपर्ने सुझाब दिनुभयो ।
कार्यक्रममा समाजसेवी उदय ढुङ्गाना , धन बहादुर बुढा ,चन्द्र रिमाल , मोहन रावल ,धन बहादुर खड्का ,पत्रकार गणेश क्षेत्री लगायतले वडा नं. ७ को समस्या र सुझाब ,गठन हुनलागेको युवाहरुको समिति ले रचनात्मक , सामाजिक कार्यमा गर्नुपर्ने उत्तरदायित्व को बारेमा चर्चा गरेका थिय । साथै युवाहरूको आम भेलाले ८ जना को समिति गठन गरेको छ ।अध्यक्ष मा सन्तोष नेपाली उपाध्यक्ष मा महेस रावल सचिब मा कृत ठकुल्ला सहसचिव मा चन्द्र रिमाल रहेका छन् भने सदस्य मा नेगराज वड ,बिनय चौधरी ,खुशिराम चौधरी ,रुप कुवर रहेका छन् ।कार्यक्रम को सन्चालन कृत ठकुल्लाले गरेका थिय भने कार्यक्रम को महत्व को बारेमा युवा महेश रावल ले प्रकाश पार्नुभएको थियो .।