युवाहरूद्वारा सडकमा रहेका कुकुरहरूको लागि ६ कट्टा चामल र १ हजार नगद हस्तान्तरण

टीकापुर, १३ पुस/टीकापुर नगरपालिका का युवाहरूले सडकमा रहेका कुकुरहरूको लागि ६ कट्टा चामल र १ हजार नगद हस्तान्तरण गरेका छन ।
पत्रकार गणेश क्षेत्री मार्फत लम्कि चुहा नगरपालिकाको राजिपुर १ का छबिलाल बमलाइ ३ कट्टा र टीकापुर ४ मा १ कट्टा चामल बितरण गरिएको हो ।
२ कट्टा चामल दिएका युवा ब्यापारि तथा समाजसेवी कृत ठकुल्लाले बफादार प्राणि कुकुर चिसो मौसममा भोकै सडकमा बस्न बाध्य छन् । कुकुरहरू बिना पैसाको चौकिदार पनि हुन् । उनीहरु दिन रात हाम्रो गाउँ टोलको सुरक्षाको लागि खटियका हुन्छन् । कुकुरहरू भोकै नरहुन केहि मात्रामा भएपनि राहत होस भनेर आफुले चामल दिएको बताउनुभयो ।


टीकापुर ६ का ब्यापारी समाजसेबि किरण कडायतले बफादार शब्दलाइ कुकुर सङ्ग जोडीएर नहेर्ने हो भने अधुरो रहने बताउनुभयो । हाम्रो सुरक्षाको लागि २४ सै घन्टा खटिने कुकुर सडकमा चिसो मौसममा अलपत्र अवस्थामा भोकभोकै छन् तर पनि हाम्रो सुरक्षामा खटिइ रहेका छन् ।
पत्रकार गणेश क्षेत्रीले ४० वटा जति कुकुरहरूलाइ दैनिक खाना खुवाउन लागेको ७ बर्ष जति भएको आफुले देखेको बताउँदै यो अभियानमा केहि भएपनि सहयोग होस् भनेर १ हजार रुपैयाँ र २ कट्टा चामल गणेश क्षेत्रीलाई नै दिएको बताउनुभयो ।
युवा ब्यापारी सर्पराज साउँद ले मानिस सभ्यताको इतिहास सङ्गै कुकुर को सम्बन्ध रहेको र कुकुरहरू जहिले पनि निस्वार्थ भावनाले मान्छे प्रति बफादार रहने गरेको बताउनुभयो । कुकुरहरूलाई सबैले सहयोग गर्नुपर्छ आफुलेपनि २ कट्टा चामल दिएर सहयोग गरेको र भबिस्यमा पनि सहयोग गर्ने बताउनुभयो ।
कुकुरको लागि चामल पाएपछि बम ले पत्रकार गणेश क्षेत्रीले यो भन्दा पहिले २ कट्टा चामल दिनु भएको र अहिले फेरि ३ कट्टा चामल दिँदा सडकमा रहेका कुकुरहरूलाई खाना खुवाउन सहज भएको बताउनुभयो । क्षेत्रीले सडकमा रहेको घाउ खटिरा र लुतो लागेर मरणासन्न अवस्थामा रहेको कुकुर लाइ उपचार पछि आफ्नो घरमा छोडेर बिस्कुट हप्तापिच्छे दिने गरेपनि आफुले खाना खुवाउदा अरु सडकमा रहेका ६ वटा कुकुर समेत थपिदा आफु लाई आर्थिक भारपरेकोले बिस्कुटको सट्टा चामल उपलब्ध गराउन पाए सहज हुन्थ्यो भनेर अनुरोध गरेकोले चामल उपलब्ध गराउदा आफु शडकमा रहेको कुकुर लाइ खानाखुवाउन उत्साहित भएको बताउनुभयो ।
छबिलाल बमले मार्न सजिलो हुन्छ तर बचाउने महान हुने बताउदै परोपकारि काममा सहयोग गर्ने सबैलाइ धन्यवाद दिनुभयो ।