युवा लक्षित बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

गणेश क्षेत्री
टीकापुर ८ चैत/आशा लघुबित्त बित्तिय संस्था टीकापुर–४ अस्नेरि ले युवा लक्षित बित्तिय साक्षरता कार्यक्रम आइडियल माइल स्टोन स्कुलमा सम्पन्न गरेको छ ।
कार्यक्रममा आशा लघुबित्त अस्नेरिका शाखा प्रमुख देबिराम पराजुलीले कार्यक्रमको उदेश्यको बारेमा प्रकाश पार्दै १५ हजार तलब पाउने शिक्षक र ३० हजार कमाउने लेबरको जिवनस्तरमा भिन्नता हुन्छ । पैसा प्रमुख हुँदैन । लेबरले शिक्षक भन्दा धेरै कमाएपनि लेबरमा साक्षरता को कमिहुन्छ । तर शिक्षकले बित्तिय साक्षरता बुझेको हुनाले जिवनस्तर सहज भएको हुन्छ । यदी साक्षरता बुझेको भए शिक्षकको भन्दा जिवनस्तर लेबरको माथि हुनसक्ने बताउनु भयो ।
आशाको अनुगमन अधिकृत लखनलाल थारुले संस्थाको स्थापना, पृष्ठभुमि, संस्थाले गर्ने सामाजिक उत्तरदायित्व,बित्तिय साक्षरताको महत्व,उदेश्य, प्रकार,पुँजिको, पुँजिको संरचना, बचत परिचालन,कर्जा,बिमा, बिप्रेसण, ग्राहक संरक्षण कोष , सफा नोट, नीति, चेक , एटिएम लगायतको बारेमा प्रकाश पार्नुभएको थियो ।


पत्रकार गणेश क्षेत्रीले आफ्नो आम्दानीको मासिक हिसाब कति छ भनेर हिसाब गर्न र सोहि अनुरुप खर्च गर्नुपर्ने बताउनु भयो ।
आम्दानी कम र खर्च धेरै गर्ने बानिले गर्दा असहज हुने र आर्थिक को कारणले पारिवारिक कलह र सामाजिक स्तरमा समेत प्रत्यक्ष प्रभाब पर्ने हुनाले सजग भएर पैसा खर्च गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम संचालक चेतराज जोशिले अनावश्यक ऋण लिएर खर्च गरेमा घर परिवारमा समेत असर पर्ने हुनाले सचेत हुनुपर्ने र लिएको ऋणको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
प्रिन्सिपल रमेश बहादुर शाहिले यो कार्यक्रम समय सान्दर्भिक भएको र पैसालाइ कसरी परिचालन गर्ने भनेर महत्त्वपूर्ण जानकारि पाए को बताउनु भयो ।
बिद्यार्थि गुन्जन शाह लक्षिता शाह ले अनावश्यक खर्च गर्न नहुने , अनावश्यक ऋण लिन नहुने ,बचत गर्नुपर्ने र गरेको बचतको सदुपयोग गर्नुपर्ने सिकेको र कार्यक्रम निकै उपलब्धिपुर्ण भएको बताउनुभयो ।