युवा संजाल सत्तीद्वारा ३ परिवारलाई खाद्यान्न सहयोग

टीकापुर १८ भाद्र/टीकापुर नगरपालिका वडा नं। ७ मा युवा संजाल सत्ती ले विभिन्न ३ घरपरिवार लाई खाद्यान्न सहयोग गरेको छ
आर्थिक स्थिति कमजोर भएका बिपन्न घरपरिवार लाई सहयोग गरेको संजालका उपाध्यक्ष महेस रावलले बताउनुभयो ।
कार्यक्रम का सभापती तथा सन्जालका अध्यक्ष सन्तोष नेपाली ले घरपरिवार निकै बिपन्न भएको र हातमुख जोर्न समस्या भएका परिवारलाई सहयोग मानवीय मुल्य मान्यता अनुरुप गरेको बताउनुभयो ।


टीकापुर नगरपालिका वडान ७ का कुन्तिपुर, मौभेरी टोलका बिपन्न घरपरिवार लाई चामल,दाल , तेल, कपि ,पेन्सिल लगायतका बस्तुहरु बिपन्न घरपरिवार लाई बितरण गरेको सदस्य निर्मल नेपालीले बताउनुभयो ।
पत्रकार गणेश क्षेत्रीले शिक्षा , स्वास्थ र खाना मानबको अधिकार भएको र अपरिहार्य पनि भएको तर बिपन्न परिवार त्यो पहुँच भन्दा टाढा भएकोले युवा सन्जाल ले गरेको कार्य सर्हानिय भएको बताउनु भयो ।
टी।न।पा। १ का समाजसेबी जीवन रावलले आर्थिक स्थिती निकै कमजोर भएका घरपरिवार लाई खाध्यान्न सहयोग गर्नु मानबमा हुनैपर्ने मानबता भएकोले युवा सन्जालले
गरेको खाद्यान्न सहयोग कार्यक्रम निकै सर्हानिय भएको बताउनु भयो ।
कार्यक्रममा बडघर बासुदेब कोइराला, सदस्य धन बहादुर बुढा,सदस्य टङक ठकुल्ला,सदस्य शंकर केसी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रमको सन्चालन सचिब कृत ठकुल्लाले गर्नुभएको थियो ।