रनभुल्लमा जनप्रतिनिधि

सम्पादकीय
कैलाली क्षेत्र नम्बर १ अन्र्तगत रहेका स्थानीय तहका जनप्रतिनिधि रनभुल्लमा परेका छन् । निर्वाचित भएपछि आफूले बोलेका कुरा ६ महिना नपुग्दै बिर्सिएको अवस्था छ । प्राथमिकता के हुन् भन्ने नै थाहा भएन । ६ महिनामै आलोचना हुन थालेको छ । नागरिकले अघिल्लो पटकका जनप्रतिनिधि प्रति तिब्र आक्रोस प्रकट गरेका थिए । अघिल्लो कार्यकालमा नागरिकले राम्रो सेवा पाएनन् भन्ने थियो । अघिल्लो कार्यकालमा सिकाइमा समेत गयो भन्ने छ । स्थानीय तहमा पहिलो पटक अधिकार र बजेट आएपछि जनप्रतिनिधिलाई सिक्न समय लाग्यो भने कर्मचारीलाई पनि नयाँ पन थियो । एउटा कार्यकाल बितेपछि नयाँ कार्यकालमा थप राम्रा काम गर्नुको साटो पूरानै शैलीमा काम भइरहेको छ । पूरानै शैलीमा काम गर्ने हो भने बाँकीका समय त्यसै जाने निश्चित हो । कतिपय जनप्रतिनीधिले आपूmले बोलेका कुरा लागू गर्न बिर्सेका छन् । एकछिन चर्चा पाउन बोल्ने प्रवृत्ति स्थानीय तहमा पनि देखियो । टीकापुरमा मेयर उपमेयर नै नमिलेर ५ वर्ष बित्छ की भन्ने नगरबासीमा चिन्ता छ । नागरिक उन्मुक्तिले जितेका स्थानीय तहमा पनि बेहाल छ । स्थानीय तहको बारेमा ज्ञान नभए पनि सिक्ने प्रयास गरेको देखिदैन भने पार्टीसँगको समन्वय पूरै टुटेको अवस्था छ । यसरी स्थानीय तहका जनप्रतिनिधि ६ महिनामै आलोचित हुन थालेपछि स्थानीय तहमा पठाउने जनप्रतिनीधिका बारेमा सबै गम्भिर हुनुपर्छ भन्ने छ । नागरिकको चाहना विपरित हिँड्दा अघिल्लो पटकका जनप्रतिनीधि असफल भए । अघिल्लो पटक राम्रो काम नगरेको व्यापक गुनासो टीकापुरमा छ । त्यसैले त एमालेका उम्मेदवारको जमानत पनि बचेन । २०७४ मा सबैभन्दा बढी रुचाइएका र पढेलेखेको सादगी मान्छे भनेर चिनिएको मेयरको त यो हालत भयो । सादगी मेयरको जमानत बचेन भन्ने बारेमा अहिलेका जनप्रतिनिधिले ध्यान दिन जरुरी छ । आएको अवसरलाई जनताको काममा पूर्ण सदुपयोग गर्न जरुरी छ । जनप्रतिनिधि भए सबै कुरा जान्ने छु झैं गर्ने तर सिन्को नभाच्ने प्रबृत्तिलाई निरुत्साहित गर्न जरुरी छ ।