रबीको अराजकता

सम्पादकीय
पुराना पार्टीले केही गरेनन् भनेर चर्चामा आएका रबी लामिछाने यतिखेर दिनप्रतिदिन अराजक हुन थालेका छन् । सहकारीको ठगी प्रकरणमा नाम मुछिएको छ । सत्यतथ्य सत्तामा बसेका र प्रतिपक्षका नेताहरुलाई थाहा होला । यतिखेर नागरिक अलमलमा छन् । रबी ठिक हुन् की संसदीय समिति गठन गर्न माग गर्ने नेपाली कांग्रेस ठिक हो भनेर छुट्याउन गाहे भएको छ । ठगी प्रकरणमा छानविन गर्ने काम प्रहरीको हो । प्रहरीको मुख्य मान्छे गृहमन्त्री रबी आफै छन् । आफै मन्त्री भएका बेला गृहमन्त्रीको कमजोरी निकाल्न सक्ने हैसियत प्रहरीको  छैन । प्रहरीको मुख्य मान्छे आफै भएका बेला प्रहरीले गरेको छानविनका बारेमा बिश्वास गर्ने आधार कम हुन्छ । अर्काे भनेको संसदीय समितिबाट छानविन गर्नु हो । संसदीय समिति गठन गर्न किन अप्ठ्यारो मान्ने ? सत्ता साझेदार दलहरु संसदीय समिति गठन गर्न किन तयार छैनन् भन्ने हो । संसदीय समिति पहिलो पटक गठन गर्न लागिएको होइन । यो भन्दा पहिला पनि पटक पटक गठन भएको छ । संसदीय समिति गर्न तयार भएर छानविन गर्न सघाउनुको साटो समय खेर फालेर अझ बहाना गर्दै चर्काे स्वर निकाल्नु रबीको अराजकता हो । नागरिकको सत्यत्थ्य थाहा पाउने अधिकार सुनिश्चित गर्ने काम रबीको पनि हो । नयाँमा नयाँपन देखिएन । पुरानै शैली हो भने नयाँ हौं भन्नेको के अर्थ हुन्छ ? पछिल्लो समय रबीको अराजकताले सिंगो राष्ट्रिय स्वतन्त्र पार्टी नै समस्यामा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीमा अरु पनि राम्रो मान्छे होलान् नी तर रबीकै लागि पार्टी सक्नु भनेको केही त छ ? तसर्थ राष्ट्रिय स्वतन्त्र पार्टीले रबीको अराजकता हेरेर बस्नु भविष्यका लागि नोक्सान बेहोर्नु हो । यसमा बिचार गर्न जरुरी छ ।