सम्पादकीय
यतिखेर केही जनप्रतिनीधि बालेन, हर्क साङपाङ् , धनगढीका गोपी हमाल जस्तो बन्न पाए हुन्थ्यो भनेर त्यहि नक्कल गर्न खोजेको पाइन्छ । नक्कल गर्न खोजेपनि काम गर्ने शैली भने पुरानै ढर्रामा गर्ने जनप्रतिनीधिहरुले रहर गरेर मात्र हुँदैन भन्ने बुझेको पाइदैन । बालेनले काठमाण्डौमा एक पछि अर्काे उदाहरणीय काम गर्न थालेका छन् । उनले निस्पक्ष भएर काम गर्ने गरेका छन् । बालेनले इञ्जिनीयर भर्ना गर्दा लोकसेवाको परिक्षा दिएकाहरुबाट छान्ने नीति लिएका छन् । महानगरले लोकसेवाबाट क्रमशः लिस्ट भएकाहरुबाट निवेदन मागेको छ । यसरी आवेदन मागेपछि भनसुन कसैको सुन्नु परेन र न्याय पनि भयो । बालेनले सुकुमवासी बस्तीमा डोजर चलाउँदा दलका नेताहरुले राजनीति गर्न खोजे तर आम नागरिकले बालेनको प्रशंसा गरे । तर यहि टीकापुर नगरपालिकाका जनप्रतिनीधि पनि बालेनको छनक देखाउन खोज्छन् । टीकापुर नगरपालिकाले वार्ड नम्बर ४ मा मंगलवारबाट डोजर चलाएको छ । डोजर चलाउनुभन्दा पहिला जनताको मन जित्न आवश्यक थियो । बजार क्षेत्रको धुलो कम गर्न प्रयास नगर्ने जनप्रतिनीधीहरु बालेन झैं भएको स्वांङ पार्न उद्यत छन् । जन भावना बिपरित हिँड्ने बानी बसालेका राजनीतिक दलका नेताहरुले मुलुकको हितमा भन्दा जनताबाट भोट लिने र ५ बर्ष मोज गर्ने गरेका छन् । बालेन निर्बाचित भए लगत्तै एकपछि अर्काे राम्रो काम गर्दै आएका छन् । आज पुरै नेपालीले बालेन तिर आँखा लगाएका छन् । नेपाली जनता बालेनको पक्षमा छन् । जनता र देशका लागि काम गर्दा समस्या आउन सक्छन् तर निस्वार्थ र विना पूर्बाग्रह काम गर्ने हो भने कसैले बिरोध गर्न सक्दैनन् । नागरिकले औंला ठड्याउने गरी भन्दा नागरिकले धन्यवाद दिने गरी काम गर्नुपर्ने भएपनि नेताहरुले गणतन्त्रमा चरम व्यतिथी भित्राएका छन् । चरम व्यतिथी र मनपरीमा रमाउन बानी परेका नेताहरुले स्वतन्त्र उम्मेदवारहरुको कामबाट सिक्न जरुरी छ । निर्बाचनमा स्वतन्त्र उम्मेद्वार र घण्टीले पाएको मतबाट पनि ठूला दलका नेताहरुले सिक्न जरुरी छ ।