राज्य सहयोगि नभएपछि साना व्यबसायी पलायन

सम्पदकिय
राज्य सहयोगि नभएपछि पछिल्लो समय साना व्यबसायी पलायन हुन थालेका छन् । साना व्यबसायीले व्यबसाय बन्द गरेर घर बस्न थालेका छन् भने कतिपय बिदेश हिडेका छन् । व्यबासय गर्ने हो भने भएको जेथा पनि सकिन्छ भन्ने मानसिकताको विकास भइरहेको छ । व्यवसाय गर्ने वातावरण छैन । साना व्यबसायीले काम गरेर खाने वातावरण नबन्ने हो भने बेरोजगारी बढ्नु स्वभाविकै हो । बेरोजगारी समस्या समाधान गर्न साना व्यबसायलाई संरक्षण गर्ने नीति आउन जरुरी छ । सरकारको नीति झंझटिलो भयो भन्दै धेरैले व्यबसाय बन्द गरेका छन् । करको नीति र करका कर्मचारी तथा राजस्वका कर्मचारीको रबैयाका कारण साना व्यबसायीले व्यबसाय गर्न छाडेको कुरा सत्तामा बसेका नेताहरुले थाहा पाउँदैनन् । पछिल्लो समय देशभर बजारमा सटर खाली भएका छन् । काठमाण्डौमा रहेका कतिपय मलका कोठा २५ प्रतिशत खालि भइसके । केवल आम नागरिकलाई कानूनको डण्डा देखाएर कर असुल्न थालेपछि नागरिकले व्यबसाय गर्न छाडेको कुरा सुक्ष्म अध्ययन गरेको पाइदैन । नेपालमा पदमा बसेका बाहेक अरु सबैले नियममा बस्नुपर्छ भन्ने मान्यताको विकास गर्न थालिएको छ । राज्यको नीति आम नागरिकलाई कसरी सहज रुपमा काम गर्ने वातावरण बन्छ भन्ने भन्दा पनि तर्साउने नीतिले काम गर्ने गरेको छ । हरेक क्षेत्र अस्तव्यस्त        छन् । सुधारको कुरा आउनु राम्रो पक्ष हो तर काम गरेर खानेहरुलाई हत्याराको जस्तो व्यबहार गर्ने प्रबृत्ति गलत हो । ठोस नीति नबनाउने बनाएपछि पनि अव्यबहारीक गराएर दुख दिने दिने कर्मचारीतन्त्र को छ । हरेक कार्यालयको बेथिती सहदै आएका नागरिकले नियम पालनाका नाममा राज्यको ज्यादती सहनुपर्ने भएको छ । तसर्थ सरकारले व्यबसाय गरेर खाने वातावरण बनाउन जरुरी छ । आफ्नो देशको उत्पादनलाई महत्व दिनुपर्ने भएपनि बिदेशी उत्पादनलाई प्रोत्साहन गरेको पाइन्छ । यसरी देश हित भन्दा केही व्यक्तिका लागि नीति बनाएर देश लुट्ने काम बन्द हुन जरुरी छ ।