टीकापुर, २४ असोज/ईलाका प्रहरी टीकापुरले सुरक्षाकर्मी कुटिएको भन्दै जानकी गाउँपालिका –३ का तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लक्ष्मण चौधरी, आशाराम चौधरी र राम चौधरी रहेका छन् । उनीहरुलाई असोज १९ गते राती घरबाटै पक्राउ गरिएको हो । अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले आइतवार थप १० दिन म्याद थप गरेको प्रहरीले जानकारी गराएको छ ।
जानकि गाउँपालिका–३ को लायकपुर शिविरको ३ सय मिटर नजिकै केही व्यक्ति एकापसमा झगडा भएको विषयलाई लिएर साँस्कृतिक कार्यक्रममा सम्वद्व व्यक्तिलाई घरबाटै लिएर गएको स्थानीयको आरोप छ ।स्थानीयका अनुसार प्रहरीलाई कता कसले कुट्यो थाहा छैन । तर, दशैंको कार्यक्रम रातीसम्म गरेर प्रहरी कुटेको भन्दै तीन जनालाई पक्राउ गरिएको छ । टीकापुर इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले भने प्रहरी अनुसन्धान गरि रहेकोले कोही निर्दोष भए छुट्ने बताउनुभयो । तर स्थानीयले प्रहरीको ज्यादती भन्दै बिरोध जनाएका छन् । एकातिर घटना हुन्छ अर्को तिरबाट मान्छे पक्राउ गरेको भन्दै प्रहरीको ज्यादती बिरुद्ध जनता जाग्नुपर्ने उनीहरुको भनाइ छ ।
शान्ति सुरक्षाका लागि प्रहरी भनिएपनि आम नागरिकले महशुस गर्ने गरी प्रहरीले यो घटनामा अनावश्यक दुख दिइरहेको स्थानीयको गुनासो छ ।