गणेश क्षेत्री
टीकापुर , २९ पुस/रानिखोला ग्रामीण बिधुत सहकारी सस्था लिमिटेड टीकापुर ४ को १४ आंै बार्सिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ,
संस्थाका अध्यक्ष राजेन्द्र बहादुर शाहिको सभापतित्वमा भएको कार्यक्रममा वडा नं। ६ का अध्यक्ष तथा टीकापुर नगरपालिकाका प्रबक्ता बलिराम चौधरी प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि चौधरीले ग्रामीण बिधुत सहकारीको सदस्य हरुले इमानदारीता पुर्बक बचत गर्ने र समयमै बिधुत को बिल तिर्ने गरेमा संस्था जहिलेपनि अगाडि बढ्ने बताउनुभयो ।
कार्यालय सचिब बृख बहादुर रावल ले २० लाख ६६ हजार ९ सय ८० रुपैया को आय–ब्यय प्रस्तुत भएको थियो । सस्थामा १ सय ७८ जना रहेको सस्थाको शेयर पुँजि १ लाख ७१ हजार रहेको छ ।
चुनावी साधारण सभाले राम कृष्ण चौधरीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा प्रेम लाल चौधरी सचिब मा सुनिता चौधरी, काषाध्यक्षमा सिर्जना चौधरी सदस्य गणेश क्षेत्री , कृष्णमति चौधरी,आशा चौधरी, बिर बहादुर चौधरी र अस्मिता चौधरी लाइ भेलाले चयन गरेको छ ।
अध्यक्षमा चयन भएका राम कृष्ण चौधरीले संस्थालाइ जोगाउन र अगाडि बढाउन आफु र आफ्नो कार्यसमिति जहिलेपनि अहोरात्र खटिने बताउनुभयो ।
कार्यक्रमको स्वागत सचिब प्रेमलाल चौधरीले गर्नुभएको कार्यक्रमको सन्चालन कार्यालय सचिब बृख बहादुर रावलले गर्नुभएको थियो । लेखासमितिका संयोजक रामकृष्ण चौधरीले कार्यक्रमको गतिविधिको बारेमा प्रकाश पार्नुभएको थियो ।