राप्रपा जत्तिका भएनन्

सम्पादकीय
गणतन्त्रवादीको काम गराई शैलीलाई बिश्लेषण गर्ने हो भने मुलुक संकटमा भएको मात्र होइन हिजो गाली गरिएको बिचार भन्दा पनि कमजोर भएको अवस्था छ । हिजो मण्डले भन्दै गाली गर्ने राजनेताहरुको काम गराई शैली हेर्ने हो भने घृणा गर्नुपर्ने अवस्था छ । अहिले अवस्था हेर्ने हो भने हिजोका पञ्चजत्तिका भएनन् भन्ने हो । हिजो पञ्चलाई गाली गरेर नथाक्नेहरु यतिखेर सत्तामा छन् तर जनताले आशा गर्ने ठाउँ देखिदैन । हरेक ठाउँमा व्यतिथी मात्र देख्न पाइन्छ । कहि कतै सन्तोष गर्ने ठाउँ छैन । राप्रपाले बरु जनजीविकाको सवालमा आवाज उठाउन थालेको छ तर सत्तामा बसेको भातृ संगठनहरु चुपचाप बसेका छन् । बरु कतैबाट झर्छ की भन्ने सोचमा डुबेका होलान् । प्रजातन्त्र र गणतन्त्रको कुरा गर्ने राजनीतिक दलका नेताहरु सत्तामा छन् तर जनजीविकाको सवालमा चुक्दै गएको नागरिकले महशुस गरेका छन् । महगिं र व्यतिथीले मुलुक थिलो थिलो भएको छ । कतिबेला श्रीलकां हुने हो भनेर आम नागरिकमा चिन्ता छ तर नेताहरु जिम्मेवार देखिदैनन् । यतिखेर मुलुक संकटमा छन् तर राजनीतिक दलका नेताहरु सत्ता स्वार्थमा छन् । प्रजातन्त्रका लागि लडेका र गणतन्त्रका लागि लडेका नेताहरु सत्तामा छन् । जनताको भावना बुझ्ने प्रयास नभएको आम नागरिकको गुनासो छ । हिजो पञ्चायतका बिरुद्ध नेताहरु लडे तर आज जनताको सवालमा काम गर्न सफल भएनन् । हिजो मण्डले भनेर गाली गर्दै भाषण गर्ने नेताहरुका बिरुद्ध आवाज उठ्न थालेको छ । हिजो निरकुंसवादी भनेर राप्रपालाई धारे हात लगाउने नेताहरुका बिरुद्ध यतिखेर राप्रपा आन्दोलनमा जान थालेको छ । जनताको जनजीविकाको सवाललाई मुद्धा बनाएर राप्रपा जनता माझ जान थालेको छ । राप्रपाले मल, भ्रष्टाचार र व्यतिथीका बारेमा जनतालाई बताउने कार्यक्रम तय गरेको छ । हिजो जसका बिरुद्ध लडे आज उसैले औला ठड्याउने परिस्थिती कसरी आयो भन्ने बारेमा नेताहरु समिक्षा गर्दैनन् । तसर्थ नागरिकहरु पार्टीको झोले कार्यकर्ता भएर होइन नेपाल आमाका सपुत भएर खबरदारीमा लाग्न जरुरी छ । खबदारी निस्वार्थ रुपमा हुन जरुरी छ । मुलुक बचाउन सबै एकजुट हुन जरुरी छ ।