सम्पादकीय
नेपालको राजनीतिमा स्थापित नेताहरुका छोरा छोरीहरु बाबु आमाको बिरासतमा रमाउन पल्केका छन् । बाबुआमाले कमाएको साखमा छोराछोरीले मेहनत गरेर राजनीतिमा आउदा देश र जनतालाई फाइदा नै हुन्छ । बाबुआमाको साखको आधारमा राजनीतिक अवसर दिने प्रचलनले खारिएको सक्षम नेतृत्व अघि बढ्न पाइरहेको छैन । ठूला दलका शिर्ष नेताहरुले आफ्ना छोराछोरी र इष्टमित्रलाई पहिलो प्राथमिकतामा राखेर अवसर दिएको पाइन्छ । क्षमताभन्दा आफ्नो चाहिएको छ । पार्टीको आकार घट्दो क्रममा छन् । नेताहरुको साख खस्कदो छ । पटक पटक आन्दोलन गरेका नेताहरुप्रति जनताको तिब्र आक्रोस छ । यो
रबैया भन्दा भारतमा फरक छ । कांग्रेसले अवसर दिएका नेताहरुले प्रदेशमा क्षेत्रीय पार्टी खोले र कांग्रेस दिनप्रतिदिन कमजोर हुदै गयो । सत्तामा बसेका बेला केही कमजोरी पनि भए होलान् । कांग्रेसले सन् २०१४ र २०१९ को लोकसभाको निर्वाचनमा नराम्रो संग पराजय भोग्नु प¥यो । प्रतिपक्ष बन्ने संख्या नपुगेर प्रतिपक्षको हैसियत पनि पाएन । २०१४ देखि २०२४ सम्म भारतमा कांग्रेसले बिजेपीको ठूलो अपमान भोग्नु प¥यो । कांग्रेस निकै कमजोर भयो । निर्बाचनको मुखैमा पार्टीको खाता समेत रोकिदिए मोदीले । मोदीले सत्ताको चरम दुरुपयोग गरेर प्रतिपक्षप्रति निर्मम भए । ५० बर्ष मोदीले राज गर्छन् भन्ने थियो । तर २०२४ भएको निर्बाचनमा कांग्रेस सत्तामा नआएपनि राम्रो पदर्शन गरेको छ । अहिले राहुलको चर्चा भइरहेको छ । प्रदर्शन राम्रो हुनुमा राहुल गान्धीको मेहनत हो भन्ने विश्ेलषण गरेका छन् । हजारौं किलोमिटर उनले पैदलयात्रा गरेका छन् । काम गरी खाने बर्गसंग प्रत्यक्ष भेटेर उनले सुझाव लिएका छन् । जनभावना बुझेर देशभर दौडे । अहिलेको निर्बाचनमा मोदीको एनडीएले ४४ प्रतिशत र राहुलको इन्डियन समूहले ४२ प्रतिशत मत पाएको छ । यसरी सत्ता भनेको मेहनत गर्नुपर्छ भन्ने हो । जनताको पक्षमा काम गर्न जनतासंग घुलमिल गर्न जरुरी छ। जनतासंग नजिक नहुने अनी सत्ताको खोजीमा रहेका नेपालका युवराजहरुले राहुलबाट सिक्न जरुरी छ ।नेपालका राजकुमारहरु सुन तस्करी र राजश्व लुट्नमा व्यस्त छन् । सोच कस्तो बनाउने भन्ने हो । राम्रा कुरा सिक्न अन्यत्र जानु पर्दैन। भारतबाट पनि धेरै सिक्न जरुरी छ ।