रेडक्रसको सभापतिमा बिष्ट चयन

टीकापुर, ३० साउन/नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा को सभापतिमा दत्त बहादुर बिष्ट निर्बिरोध चयन हुनुभएको छ । आइतवार भएको २७ औं साधारण सभाबाट बिष्ट सभापतिका लागि निर्बिरोध चयन हुनुभएको हो ।
उपसभापति , सचिब, कोषाध्यक्ष र उपसचिबमा क्रमशः मीना कुँवर , धर्मराज शर्मा , लालबहादुर रावल र टेकराज बिनाडी पनि निर्बिरोध चयन हुनुभएको छ । उपकोषाध्यक्ष का लागि संजय भण्डारी र अमरबहादुर रावलको उम्मेदवारी परेको छ । महिला सदस्यमा शिलु खतिवडा स्वाँर निर्बिरोध चयन हुनुभएको छ । चार जना सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ । उप–कोषाध्यक्ष र सदस्यका लागि सहमति गराउने प्रयास भइरहेको छ ।


निर्बतमान सभापति जगदिश्वर पण्डितको सभापतित्वमा भएको उक्त साधारणसभामा प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा कैलालीका सभापति उत्तम जोशीले टीकपुर उपशाखा देशभरकै उत्कृष्ट शाखा मध्यमा पर्छ भन्नुभयो । ‘‘देशभर १६ सय बढी उपशाखा छन् त्यस मध्य टीकापुरमा उदाहरणीय काम भएको छ,’’जोशीले भन्नुभयो , ‘‘उपशाखा ले उपलव्ध गराएको सेवाले आम नागरिकलाई ठूलो राहत भएको छ ।’’ रेडक्रस जस्तो पवित्र संस्थामा काम गर्ने व्यक्तिहरु ले संस्थाको गरिमा बुझेर काम गर्नुपर्ने उहाँको भनाई थियो । ‘‘सुदूपश्चिममा पहिलो पटक तिलगंगा अस्पतालबाट डाक्टर ल्याएर निशुल्क शिबिर सञ्चालन गरेको टीकापुर उपशाखाले दिन प्रतिदिन मानवताको सेवामा काम गर्दै आएको छ,’’ जोशीले भन्नुभयो , ‘‘ नागरिकलाई कसरी सेवा दिन सकिन्छ भन्ने बारेमा हरेक सदस्यले सोच्नुपर्छ ।’’ कार्यक्रममा निर्बाचन संयोजक भीमबहादुर महरले टीकापुर शाखाको आफ्नै महत्व भएकाले संस्थाको गरिमा बचाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्वागत सदस्य चेतमान खत्रीले गर्नुभएको थियो भने सञ्चालन सचिब धर्मराज शर्माले गर्नुभएको थियो । टीकापुर रेडक्रसले एक बर्षमा १९ सय ५ पोका रगग संकलन गरेको जनाइए को छ । रेडक्रसले रक्त सञ्चार सेवा सहित , दातको उपचार र एम्बुलेन्स सेवा पनि उपलव्ध गराउँदै आएको छ । पदका लागि
मरिहत्ते गरेपनि साधारणसभामा अति न्यून उपस्थिती रहेको थियो । गर्णपुरक संख्या पु¥याउन व्यक्तिलाई गुहारेर हस्ताक्षर गराउनु परेको थियो । उपशाखामा ९ सय ३६ आजीवन सदस्य छन् ।