‘रेडक्रस नागरिकहरुको संकटको साथी हो’

टीकापुर, १४ साउन/सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले रेडक्रस नागरिकहरुको संकटको साथी भएको बताउनु भएको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको शनिबार टीकापुरमा भएको ४७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री साउँदले यस्तो बताउनु भएको हो ।
मन्त्री साउँदले रेडक्रस नागरिकको अफ्ठ्यारोका काम गर्ने संस्था भएकोले यो सबै भन्दा ठूलो धर्म मानविय धर्मको नेतृत्वकर्ता भएको बताउनु भयो । उहाँले नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखामा रहेको रक्त सञ्चार केन्द्रमा औजार उपकरणको आवश्यकता रहेको भन्ने सुनिएकोले त्यसको व्यवस्थापन मा ध्यान दिने बताउनु भयो ।
रेडक्रस र अस्पतालको एक अर्काबिच सम्बन्ध जोडिएकाले टीकापुर अस्पतालको पनि स्तर उन्नति गरिने र यसलाई प्रादेशिक अस्पतालको रुपमा बुझ्न पनि नागरिकहरुलाई आग्रह गर्नुभयो ।


सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले रेडक्रस र अस्पतालबाट प्रदान गरिने सेवाका कारण आफूले नवजिवन पाएको बताउँदै अवका दिनमा त्यसको ऋण चुक्ता गर्ने बताउनु भयो ।
अर्का प्रदेशसभा सदस्य जानकी कुवँरले रेडक्रसले गर्ने काम स्राहनीय रहेको बताउँदै ग्रामिण क्षेत्रका नागरिक लाई पनि संगै जोडेर लैजान सके अझै यसको महत्व बढ्ने बताउनु भयो ।
अर्का सदस्य ललिता सुनारले रेडक्रसले रगत आफूर्तिका क्षेत्रमा गरेका कामले धेरै नागरिकको ज्यान जोगिएको बताउँदै यसभन्दा ठूलो पुण्य काम कुनै हुन नसक्ने बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाकाका सभापति बासुदेव विनाडीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यबाहक संयोजक खगराज भूसाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव विश्वदिप वेस्रा, रेडक्रसका केन्द्रिय सदस्य उत्तम जोशी, पूर्व केन्द्रिय उपाध्यक्ष हेमराज ओझा, टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कैलाली शाखाको प्रगति प्रतिवेदन मन्त्रि लोकराज जोशीले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष गोविन्द प्रसाद जोशीले प्रस्तुत गर्नु भएको थियो । उपमन्त्रि राकेश हमालले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत टीकापुर शाखाका सचिव धर्मराज शर्माले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन जिल्ला शाखा उपसभापति गीता सोडारीले गर्नु भएको थियो ।