टीकापुर, १६ असार/टीकापुर नगरपालिका वडा नम्बर ६ नारायणपुरस्थित लक्ष्मीनारायण बहुउद्देशीय सहकारी संस्थाले स्थापना दिवसका अवसरमा टीकापुर अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ । सहकारीको पन्ध्रौ वार्षिक उत्सव का अवसरमा टीकापुर अस्पतालका ६० जना बिरामीलाई फलफूल वितरण गरेको हो ।
संस्थाका प्रवन्धक यज्ञराज खनालले ३० जनाको ६० हजारले शुरु भएको एक हजार तीन सय शेयर सदस्य र ९५ लाख शेयरपूजी पुगेको जानकारी दिनुभयो ।
सहकारीका अध्यक्ष कपुरसिंह कडायतले वार्षिक उत्सवका अवसरमा सामाजिक कार्य अन्तरगत विभिन्न स्वास्थ्य शिविर, आखाँ जाँच शिविर राख्ने गरेको र यसपटक टीकापुर अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको बताउनु भयो । उहाँले अस्पताललाई सक्दो सहयोग गर्ने पनि प्रतिवद्धता जनाउनु भएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले टीकापुर अस्पताल लाई सरकारी सहयोगले मात्रै नभएकाले सामाजिक क्षेत्रबाट सहयोगी भावना जागृत गर्ने, पे्ररणा दिने र बिरामीको मनोबल बढाउने खालका सामाजिक काम गरिरहनु पर्ने बताउनु भयो ।
फलफूल वितरण कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष बलिराम चौधरी, वडा नम्बर ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने लगायत सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।