‘लहान (स्नान)’ कार्यक्रमका लागि तयारी तिब्र

टीकापुर, २६ पुस/माघ १ गते दौलतपुरस्थित कर्णाली नदीमा हुन लागेका लहान (स्नान) कार्यक्रमको तयारी तिब्र बनाइएको छ । आयोजकले प्रचार प्रसार सामाग्री तयार पारेर स्थानीयलाई कार्यक्रममा सहभागि हुन आग्रह गर्न थालेका छन् ।
मंगलबार ९आज० स्नानका लागि स्थान व्यबस्थापन गर्ने जनाइएको छ । त्यसै गरी स्नान गर्न ठाउँमा सीमांकन गर्न डोरीले बेर्ने, शौंचालय निर्माण , आँगोको व्यबस्था र सांस्कृतिक कार्यक्रमका लागि तयारी भइरहेको स्थानीय संयोजक एंब पूर्ब वडाध्यक्ष रामशंकर डगांैरा ले बताउँनुभयो ।
सोही कार्यक्रममा नदी शुद्धिकरण पनि गरिने संयोजक डगौंराले जानकारी गराउनुभयो ।‘‘ प्रचार प्रसारको काम थालेका छौ र नदीमा स्नान गर्न सहज होस् भनेर काम गर्दैछौ ,’’ डगांैराले भन्नुभयो । माघे संक्रान्तिको अवसरमा नेपाली संस्कृति परिषदको आयोजनामा कर्णालेश्वर मन्दिर दौलतपुर ‘‘कर्णालीधाम’’मा लहान (स्नान)  स्नान कार्यक्रम हुन थालेको हो । अघिल्ला बर्ष स्नान कार्यक्रम भएपनि यस पटक संस्कृति परिषद्ले बृहत कार्यक्रम गर्न थालेको हो ।


माघी पर्वको अवसरमा आयोजना हुने कार्यक्रममा ५ हजार बढी नागरिक सहभागी गराउने लक्ष्य आयोजकको छ । कर्णाली नदी पवित्र नदी भएकाले यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न माघी स्नान कार्यक्रम गर्न थालिएको नेपाली संस्कृति परिषदका अन्र्तराष्टिूय संगठन महासचिव तथा नेपालका राष्ट्रिय अध्यक्ष हर्क बहादुर स्वाँरको भनाई छ । ‘‘ कर्णाली नदी पवित्र नदी हो , यसको महत्व बुझाउन कार्यक्रम गर्न थालेका हौं ,’’ स्वाँरले भन्नुभयो ,‘‘ कर्णाली नदी धाम निर्माण गरेर यसको प्रचार प्रसार गर्ने र तिर्थको रुपमा विकास गर्न पहल भइरहेको छ ।’’
कार्यक्रम सफल पार्न स्थानीय स्तरमा पूर्ब वडाध्इष रामशंकर डगांैराको संयोजकत्वमा समिति गठन भएको छ । माघे संक्रान्तिका दिन पहिला ब्राह्मणहरुद्वारा यज्ञ हुने छ भने त्यसपछि स्नान कार्यक्रम हुनेछ । स्नानपछि प्रशाद ग्रहण र सांस्कृतिक कार्यक्रम हुनेछ ।
उक्त कार्यक्रमलाई राइटर्स इन्तरनेस्नल अमेरिकाका संयोजक ज्ञानेन्द्र गदाल , नेपाली संस्कृति परिषद अन्तराष्ट्रिय अध्यक्ष अशोक चौरसियाले अनलाईन मार्फत सम्बोधन गर्नुहुने छ भने अन्तराष्ट्रिय महासचिब हर्क बहादुर स्वाँरले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सन्तहरुले प्रबचन दिने भनिएको छ ।
कार्यक्रममा कैलाली जिल्ला भरिका श्रद्धालु तथा भक्तजन सहभागी गराउने लक्ष्यका साथ आफूहरु लागिरहेका माघी स्नान मेलाका आर्थिक संयोजक तथा पूर्ब वडाध्यक्ष गंगाराम आचार्य ले बताउनुभयो ।
कर्णाली नदीमा नेपालका अधिकाँश नदी मिसिएकाले यो पवित्रताको प्रतिक भएको सन्तहरु को भनाई छ ।