लागु औषधले युवाहरुमा समस्या

सम्पादकीय

नेपाली समाजमा लागु औषध दिनप्रतिदिन समस्याको रुपमा बढ्दै गएको छ । युवाहरु कुलतमा फस्दै जाँदा लागु औषधको व्यापार फस्टाउन थालेको छ । लाखौ ट्याबलेट टूामाडोल औषधि ललितपुर प्रहरीले पक्राउ गरेको छ । एम्बुलेन्समा लागु औषध बोक्ने नयाँ योजना प्रहरीले पर्दाफास गरेको छ । लागु औषधकै कारण समाजमा हत्या हिंसा र चोरी बढ्दै गएको छ । अपराधका घटना घट्नुको मुख्य कारण लागु औषध पनि हो । लागु औषध सेवनकर्ताले लागु औषधका लागि जे पनि गर्न तयार हुने भएपछि अपराधका घटना बढ्दै जानु स्वभाबिकै हो । लागु औषधले बिकराल रुप लिदै छ तर नेपाली समाजमा लागु औषधका घटनामा पक्राउ परेको युवाहरुलाई छुटाउन राजनीतिको आड लिने गरिएको छ । प्रहरीले पक्राउ गर्ने अनी राजनीतिक दलका नेताहरुको दबाबमा छोड्ने भएपछि कुलतमा फसेका युवाहरुको मनोबल बढ्नु स्वभाविकै हो । कुलतमा फसेका युवाहरुलाई प्रहरीबाट छुटाएर ल्याउने प्रबृत्तिले समस्या बढ्दै गएको समाजका अगुवाले बुझेका छन् तर भोटका लागि उनीहरु गलतलाई प्रसय दिन बाध्य छन् । पछिल्लो समय प्रहरीले पनि लागु औषधमा फसेका युवाहरुलाई मोलमोलाई गरेर भेटिएको लागु औषधको तौल घटाउने गरेका छन् । पहँुच भएका र पैसामा मोल मोलाई भएका लागु औषधका घटनामा प्रहरीले भूमिका खेल्ने गरेको छ । त्यसैले केही व्यक्ति पटक पटक पक्राउ पर्ने गरेका छन् । प्रहरीले बनाउने मुचुल्काका आधारमा अदालतले छाड्ने गरेको       छ । लागु औषधलाई नियन्त्रण गर्न हरेक समाज सजग हुन जरुरी छ । समाजमा अपारधका घट्ना बढ्दै जाँदा साँझ बाहिर हिँड्न सक्ने अवस्था छैन । कैलालीको जानकी ९ अमरावतीमा एक जेष्ठ नागरिकको हत्या भएको छ । कानमा लगाएका गहना लुटिएको अवस्था छ । जेष्ठ नागरिक को हत्या सुन कै लागि हो की भनेर सोच्ने आधार छ । अनाहक कसैको ज्यान जाँदा त्यो परिवारलाई कत्तिको बिपत्ति परेको होला हरेकले सोच्न जरुरी छ । तसर्थ प्रहरीले निश्पक्ष भएर लागु औषधका बारेमा काम गर्न जरुरी छ भने राजनीतिक दलका नेताहरुले पनि प्रहरीलाई अनावश्यक दबाब दिने काम बन्द गर्नुपर्छ । प्रहरीलाई स्वतन्त्र भएर काम गर्न दिने हो भने समाजमा शान्ति सुरक्षा कायम अवश्य हुन्छ । समाजका सदस्यहरु पनि चनाखो हुन जरुरी छ ।