लागू औषध,गुण्डागर्दी,अपराध नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकताःअर्याल

टीकापुर, ३१ जेठ/इलाका प्रहरी कार्यालय टीकापुरमा भर्खरै आउनु भएका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले पत्रकारसँग छलफल गर्नुभएको छ ।
मंगलबार पत्रकारसँग छलफल गर्दै प्रहरी नायव उपरीक्षक अर्याल ले आफूले टीकापुरमा लागू औषध, गुण्डागर्दी, अपराध नियन्त्रण, भन्सारमा हुने चोरी तस्करी र प्राकृतिक स्रोतको दोहन रोकथाम लाई प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।


उहाँले पत्रकारहरुले पाएको सूचना आफूलाई दिएर सघाउन र आफूसँग भएको सूचना समयमै दिन सक्दो प्रयास गर्ने बताउनु भयो ।
प्रहरी नायव उपरीक्षक अर्यालले टीकापुरको शान्ति सुरक्षाका लागि सबैको सहयोग आवश्यक रहेको बताउँदै प्रहरीले कुनै कुरामा सम्झौता नगर्ने बताउनुभयो ।
उक्त अवसरमा पत्रकारहरुले प्रहरीबाट टीकापुरमा विगतमा भएका राम्रा र नराम्रका कुराहरुको अवगत गराएका थिए र अबको नेतृत्वले यसलाई राम्रोसंग चिन्तन गरेर शान्ति सुरक्षा र लागू औषध लाई नियन्त्रण गर्न सुझाव–सल्लाह दिएका थिए साथै प्रहरी लाई जुन सुकै राम्रो कामको लागि टीकापुरका पत्रकारहरुको एक्यबद्धा रहने आश्वसन समेत दिएका थिए ।