टीकापुर,१० मङ्सिर/लागू औषध नियन्त्रण गर्न टीकापुर नगरपालिका एकद्वार प्रणालीबाट अघि बढ्ने भएको छ ।
शुक्रवार टीकापुरस्थित सम्बाद समूहले आयोजना गरेको प्रहरी, सुधार गृह सञ्चालक, उपमेयर र वडाध्यक्षबीच छलफल कार्यक्रममा यस्तो निर्णय भएको हो ।
नगरपालिकाको केन्द्र र वडाले लागू औषध नियन्त्रणमा एकद्वार प्रणालीबाट खर्च गर्दा समस्या नहुने उपप्रमुख खडगबहादुर शाहले बताउनुभयो । ‘‘लागू औषधको जोखिम हामीमा छ, खुला सीमाना छ, सबै लागे नियन्त्रण गर्न सकिन्छ’’, उपप्रमुख शाहले भन्नुभयो, ‘‘लागू औषधमा जानै नदिन तीनै तहका सरकार आपसी समन्वय गरेर बलियो संयन्त्र बनाएर काम गरे सफल हुन्छ ।’’
उहाँले लागू औषध प्रयोगकर्ता को संख्या घट्नुको साटो बढ्दो क्रममा छ भन्नु भयो । ‘‘संख्या घट्नुको साटो बढ्दो छ, सुधारगृह बढ्नुको अर्थ त्यही बुझिन्छ’’, शाहले भन्नुभयो, ‘‘मापदण्ड पूरा गरेको देखिदैन, सुधारगृह व्यापार हो कि सेवा प्रष्ट हुनुप¥यो ।’’
वडा र पालिकाले छुट्टाछुट्टै कार्यक्रम गर्दा प्रभावकारी नभएको वडाध्यक्षहरुको भनाइ थियो । ‘‘एकद्वार प्रणालीबाट बजेट बिनियोजन भएपछि लागू औषध नियन्त्रणमा काम गर्न सजिलो हुन्छ’’, वडा नम्बर २ का वडाध्यक्ष दीपक चौधरीले भन्नुभयो, ‘‘सामाजिक विकास अन्तर्गत वडामा बजेट कम हुन्छ, त्यो भन्दा केन्द्रबाट एकमुष्ट कार्यक्रम गर्ने हो भने सजिलो हुन्छ ।’’ वडाध्यक्ष चौधरीले प्रहरीको संयोजकत्वमा बनेको समितिलाई प्रभावकारी ढंगबाट परिचालन गर्न जरुरी छ भन्नुभयो ।
वडा नम्बर ४ का वडाध्यक्ष लालवीर चौधरीले सुधारगृहसँग समन्वय नगरेर चुक्याँै भन्नु भयो । ‘‘एकीकृत भएर कार्यक्रम गर्नुपर्छ’’, चौधरीले भन्नुभयो, ‘‘विगतमा धेरै कार्यक्रम ग¥यौँ तर प्रतिफल आएन ।’’ सुधारगृह सञ्चालक हेमन्त साहुले समाज सुधारगृहप्रति सकारात्मक नभएको बताउनुभयो । ‘‘कुलतमा फसेको व्यक्तिलाई उपचार भनेकै सुधारगृहमा राखेर उपचार गर्नु हो’’, साहूले भन्नुभयो, ‘‘राज्य निकम्मा भएका कारण व्यक्तिले सुधारगृह चलाउनु परेको हो ।’’
उहाँले टीकापुरमा गौशाला निर्माण अभियान चलेको छ यो राम्रो काम हो भन्दै दुव्र्यसनी पनि छाडा चौपाया जस्तै समस्या हो, यसमा सबैको ध्यान जानुपर्छ भन्नुभयो । ९ वडामध्ये ७ जना वडाध्यक्षको उपस्थिती थियो । सबैले एकद्वार प्रणालीबाट लागू औषधका बारेमा काम गर्नुपर्नेमा जोड दिएका थिए ।
आउँदो आर्थिक वर्षदेखि एकीकृत कार्यक्रम गर्ने उनीहरुको भनाइ थियो । टीकापुरमा लागू औषधका घट्ना बढ्न थालेपछि सम्बाद समूहले प्रहरी, सुधारगृह र जनप्रतिनीधिसंग छलफल गर्दै आएको छ ।
विभिन्न चरणको छलफलपछि इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीको संयोजकत्व मा पालिकास्तरीय लागू औषध दुव्र्यसनी समिति गठन भएको छ ।
समितिमा स्थानीय समाजसेवी, सुधारगृहका सञ्चालक, जन प्रतिनीधि, सामुदायिक प्रहरीका प्रतिनीधि सदस्य छन् ।
त्यसैगरी वडामा प्रहरी निरीक्षकको संयोजकत्वमा समिति गठन भएको छ । समितिले योजना बनाएर जनचेतना फैलाउने काम र अन्य नियन्त्रणका उपायमा काम गर्नेछ ।
टीकापुरस्थित प्रहरीले समय समयमा विद्यालयमा गएर दुव्र्यसनी र ट्राफिक नियमका बारेमा जनचेतनाको अभियान चलाउँदै आएको इलाका प्रहरी प्रमुख अधिकारीले जानकारी गराउनुभयो ।
लागू औषधका बारेमा अभिभावक सचेत नभएको भन्दै घरमा आमामात्र भएका परिवारमा धेरै युवाहरु कुलतमा फसेको अवस्था छ भन्नुभयो । टीकापुरमा ५ वटा सुधारगृह सञ्चालनमा छन् । प्रहरीले दशैँ र तिहारमा कडा निगरानी गरेपछि अपराधका घटना अति न्यून भएको स्थानीयको भनाइ छ ।
इलाका प्रहरी कार्यालय टीकापुरले आर्थिक वर्ष २०७७/०७८ मा लागू औषध दुव्र्यसनी सम्बन्धी १९ वटा मुद्दा चलाएको छ । त्यसैगरी २०७८/७९ मा ४० वटा मुद्दा, २०७९/८० मा ५१ मुद्दा र चालु आर्थिक वर्षको चार महिनामा २१ वटा मुद्दा दर्ता गरेको जनाएको छ ।