लाज पचाउन कारबाहीको नाटक

टीकापुर, २२ जेठ/टीकापुरस्थित विद्युत प्राधिकरण वितरण केन्द्रले सेवाग्राहीलाई सास्ती दिए पछि टीकापुर दैनिकमा समाचार आएको बिषयलाई लिएर इलाका प्रशासन कार्यालय टीकापुरमा कारबाहीका लागि पत्राचार गरेको छ ।
केन्द्रले शुक्रबार गरेको पत्राचारमा इलाका प्रहरी कार्यालय टीकापुर, नेपाल पत्रकार महासंघ कैलाली र प्रेस काउन्सिल नेपाललाई बोधार्थ दिइएको छ ।
निमित्ति प्रमुख हर्कबहादुर सिंहको हस्ताक्षर रहेको पत्रमा अनर्गल, कपोकल्पित समाचार भन्दै इञ्जिनियर र कर्मचारीको मनोबल घटाउने काम भएको भन्दै कारबाहीको माग गरिएको छ । निमित्त प्रमुख सिंह उनै व्यक्ति हुन् गर्मीले सेवाग्राही आक्रान्त भएर गत बुधवार ८ बजे कार्यालयमा गएर गुनासो राख्न खोज्दा सेवाग्राहीलाई भेट दिएनन् ।


सेवाग्राहीले सिहसँग कुरा राख्न गेट पालेलाई खबर पठाउँदा सिंह एसीमा मस्त बसिरहे तर आउन मानेनन् । बत्ती अति आवश्यक सेवा हो भन्ने थाहा नपाएका सिंहले समाचार आएपछि कर्मचारीको मनोबल घटेको कुरा बुझे तर एउटा सेवाग्राहीले दुःख पोख्न जाँदा भेट नदिएको कुरा बिर्सेका छन् ।
नितान्त पैँसामुखी हुँदा विद्युत सेवामा आम नागरिकले सास्ती बेहोर्नुपरेको कुरा ढाकछोप गर्दै कारबाहीको नाटक गरेर लाज पचाउने प्रयास विद्युतका कर्मचारी ले गरिरहेका छन् । टीकापुर बजार क्षेत्रमै फ्रिज र एसी नचल्नु सामान्य कुरा होइन । दिएको निबेदन उपर सेवाग्राहीलाई आश्वस्त पार्नुको साटो इञ्जिनियर जीतबहादुर धामीले नआउन पनि सक्छु, भन्ने
बित्तिकै हुन्छ रु भन्ने शव्द प्रयोग गरेका छन् । ‘‘आम नागरिकलाई सास्ती दिएका छन्’’, स्थानीय शंकर चौधरीले भन्नुभयो, ‘‘मैले भोल्टेज नपुगेपछि ५ केभिको स्टेपलाइजर जोडे ।’’
‘‘बजार क्षेत्रमा बाक्लो बस्ती छ तर सिंगल फेज लाइनले कसरी काम गर्छ’’, चौधरीले भन्नुभयो, ‘‘१४ हजार रुपैयाँ खर्च गरेपछि एसी, फ्रिज र मोटर चल्छ ।’’ भोल्टेज नपुगेर ८ दिन सम्म चासो नदिने विद्युत कर्मचारी यतिखेर समाचार आएपछि अत्तालिएका छन् । यिनीहरुको भण्डाफोर हुने भएपछि कारबाही को कुरा गरिरहेका छन् ।

इन्भटर र स्टेपलाइजरको माग दोव्वर
टीकापुरमा यस वर्ष गर्मीको सुरुवातमै विजुली पटक पटक जान थालेपछि नागरिक इन्भटर र स्टेपलाइजर खरिद गर्न बाध्य भएका छन् । गर्मी सुरु हुने बेला नै पटकपटक बत्ती जान थालेपछि नागरिकले इन्भटर र स्टेपलाइजर को सहारा लिने थालेका हुन् । अघिल्लो वर्षभन्दा दोब्बर माग आएको स्थानीय व्यापारी केवालाल चौधरीले बताउनुभयो । पटकपटक बत्ती जाने समस्याले इन्भटर र स्टेपलाइजरको माग बढेको चौधरीको भनाइ छ । ‘‘अघिल्लो वर्षको तुलनामा माग बढी छ, स्टेपलाईजर त पु¥याउन सकिएको छैन’’, चौधरीले भन्नुभयो, ‘‘बत्तीको समस्या अघिल्लो वर्षभन्दा यो वर्ष शुरुमै देखिन थालेको छ ।’’
एसी राख्नेहरु सबैजसोले स्टेपलाइजर राख्ने गरेको व्यापारी नारायण न्यौपानेले भन्नुभयो ।
उहाँले भोल्टेज अपडाउन हुँदा समस्या भएको बताउनुभयो । अहिले टीकापुर वितरण केन्द्र मार्फत करिब २७ हजार उपभोक्ता रहेको र ग्रामीण विद्युत सहकारी मार्फत जडान भएको संख्या एकिन नभएको कर्मचारी प्रेम जैशीले बताउनुभयो । गत वर्ष अघि ६ एमबीए रहेको ट्रान्सफर्मर स्तरोन्नति गरेर १६ एमबीए पु¥याइएको छ । यसरी ग्राहकको अनुपातमा विद्युत क्षमता करिब दोब्वर बढाउँदा पनि अघिल्लो वर्षका तुलनामा यसपटक बत्ती बढी अनियमित भएको
छ । विद्युतका कर्मचारीले विद्युत अनियमित हुँदा लम्की ट्रान्सफर्मरलाई दोष दिएर उम्कने गरेका छन् । ‘‘वर्तमान कार्यालय प्रमुख कपिल जोशी र इञ्जिनियर धामीको मिलोमतोमा बत्ती अनियमित भइरहेको स्थानीयको भनाइ छ ।
‘‘अघिल्लो वर्षका तुलनामा इन्भटर र स्टेपलाईजरको माग बढी हुनुुले कर्मचारीको षडयन्त्र हो भनेर शंका गर्ने ठाउँ छ’’, स्थानीय रामु सापकोटाले भन्नुभयो, ‘‘विद्युतको क्षमता बढ्ने तर अघिल्लो वर्षको तुलनामा झन बत्ती जानु भनेको कर्मचारीको मिलोमतो नभएर के हुन्छ ? ’’