लामखुट्टेको लार्भा खोजी र नस्ट गर्ने कार्यक्रम सम्पन्न

गणेश क्षेत्री

टीकापुर, २७ भाद्र/टीकापुर नगरपालिका वडा नं। ७ मा लामखुट्टे को लार्भा खोजी र नस्ट गर्ने कार्यक्रम सम्पन्न भएको छ
डेगु लगायत किटजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणको लागि उक्त कार्यक्रम गरिएको हो ।
सत्ती शहरी स्वास्थ्य केन्द्रका प्रमुख हिमाल सारु मगरले डेंगु रोग अहिले फैलिदो अवस्थामा छ यसलाइ नियन्त्रण गर्नको लागि आफ्नो वरिपरि भएका फोहोर सफागर्ने , खाल्डाखुल्डिमा पानी जम्न नदिने र झुल लगाएर सुत्नु उत्त्म उपाय भएको बताउनुभयो । कैलालीमा डेगु रोगले २ जनाको मृत्यु भइ सकेको र २ दिन अघि सम्म २१ जना पोजेटिभ देखिइसकेकोले सबैले सावधानी अपनाउनुपर्ने बताउनुभयो ।


उच्च ज्वरो , पखाला , थकान , बान्ता लगायत हुनु डेंगु रोगको लक्षण हुनेहुनाले सबै सजग हुनुपर्ने र नजिकैको पायक पर्ने स्वास्थ्य केन्द्रमा चेक गराउन हिमाल सारु मगर ले आग्रह गर्नुभयो ।
वडा नं।७ का कार्यबाहक अध्यक्ष राजकुमार चौधरीले आफ्नो वडा रोगमुक्त भएको
देख्न चाहेको र सबैले स्वास्थ को मापदण्ड अनुसार नियम पालना गरेमा डेगु रोगबाट टाढा रहन सकिने बताउनुभयो ।
युवा संजाल सत्तिका उपाध्यक्ष महेस रावल ले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिएकै उत्तम भएकोले सबैले सुरक्षीत भएर बस्न आग्रह गर्नुभयो ।
संजालका उपाध्यक्ष सन्तोष नेपालिले पूरा बाहुला भएको लुगा लगाउने , सुत्त्दा झुलको प्रयोग गर्ने र उच्च ज्वरो लगायत का लक्षण देखापरेमा साबधानी अपनाउनुपर्ने बताउनुभयो ।
एडिटाइ प्रजातिको लामखुट्टेले टोकेमा डेगु रोग लाग्ने र रोगप्रति रोधात्मक शक्ति कमजोर पार्ने बताइएको छ । रोगको उपचार गर्न बिशेश औसधि नभएको र शिटामोल खाने र झोलिलो खाने कुरा र आराम को जरुरत पर्ने बताइएको छ ।
कार्यक्रममा वडा कार्यालय, भानुसामुदायिक पुस्तकालय र सत्ती सहरी स्वास्थ्य केन्द्र को परिसर सरसफाइका साथै पदम प्रकाशेस्वर मन्दिर देखि धामी टोल सम्मको सरसफाइ गरियको छ । सरसफाइमा स्वयं सेबिका , वडा का कर्मचारी , सहरी स्वास्थ केन्द्रका कर्मचारी , भानु सामुदायिक पुस्त्कालयका कर्मचारी , युवा सन्जाल सत्तिका युवाहरू , कर्णाली माबी सत्तिका बिध्यार्थी र शिक्षक लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रमको आयोजक टीकापुर नगरपालिका नगरपालिका को कार्यालय जनस्वास्थ्य प्रबर्द्धन उपशाखा टीकापुर रहेको छ भने सहकार्य युवा सन्जाल सत्ती , ट्याग गर्ल, र कर्णाली माबी सत्ती रहेका छन् ।