वडामा रहेका स्रोत साधन संरक्षण गरिररहेका छौं : वडाध्यक्षहरु

टीकापुर, १५ असार/टीकापुर नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७ छ । वातावरण तथा प्राकृतिक स्रोत संरक्षणका लागि ऐन निर्माण गरी लागू गरिएको छ । आफ्नो क्षेत्राधिकार भित्रको वातावरण तथा प्राकृतिक स्रोत संरक्षणको जिम्मेवारी पालिकाको हुन्छ । यसका साथै प्राकृतिक स्रोत तथा वातावरणको संरक्षण, सम्वद्र्धन तथा वातावरण मैत्री समाज निर्माण गर्नु नागरिकको पनि कर्तव्य हुन्छ ।
वडा नंं.१ का अनुसार वडामा प्राकृतिक स्रोत साधनको पर्याप्यता छैन । वातावरण र प्राकृतिक स्रोतका रुपमा रहेको जमरा कुला र जमराको नदीको किनारा संरक्षणका लागि पालिकाले पहल गरिरहेको वडाध्यक्ष मोहन विक बताउनु हुन्छ । ‘‘जमरा कुला संरक्षण, कुला किनार सिगार्नका लागि काम भइरहेको छ’’, उहाँ भन्नुहुन्छ, ‘‘भएका स्रोत, साधन संरक्षण गर्न लागिपरेका छौँ ।’’
वडा नं.२ मा प्राकृतिक स्रोतका रुपमा सामुदायिक वन छन् । वडाले वन संरक्षणका लागि विभिन्न प्रयास गरिरहेको वडाध्यक्ष दीपक चौधरी बताउनु हुन्छ । ‘‘४ सामुदायिक वन छन्, ति वन संरक्षणका लागि हामी काम गरिरहेका छौँ’’, उहाँले भन्नुभयो ।
टीकापुर ४ ले पनि जमरा बेल्ट संरक्षण, चौडा सडकमा वृक्षारोपण जस्ता कार्य गर्दै आएको छ । वडाले रामजानकी मन्दिर संरक्षण जस्ता कार्य गरिरहेको वडाध्यक्ष लालविर चौधरी बताउनुभयो ।
वडा नं.५ मा टीकापुर पार्क, कर्णाली नदी, कर्णालेश्वर महादेव मन्दिर, रानी महल संरक्षणका लागि सक्दो प्रयास र पहल गरिरहेको वडाध्यक्ष बलबिर थारुले बताउनु भयो ।
वडा नं.६ मा विपि निकुञ्ज सामुदायिक वन छ । पालिकाले वनलाई मिनि पार्कका रुपमा विकास गर्दै वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिरहेको वडाध्यक्ष बलिराम चौधरीले बताउनुभयो ।
वडा नं.७ अन्य वडाका तुलनामा पर्यटकीय क्षेत्रका रुपमा रहेको वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने बताउनुहुन्छ । वडामा रहेका सत्ती कर्णाली सामुदायिक वन, डल्फिन क्षेत्र, ओजुवा ताल, पदमप्रकाशेश्वर महादेव मन्दिर संरक्षण भइरहेका          छन् ।
वडा नं. ८ मा प्राकृतिक स्रोत साधन खासै छैनन् । भेगीय हिसावले अभ्यासमा रहेका संस्कृति संरक्षण जस्ता कार्य भइरहेका वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला बताउनुभयो ।
वडा नं. ९ मा न वन जंगल छन् न कुनै प्राकृतिक सम्पदा । कुनै स्रोत तथा सम्पदा नरहेका वडाध्यक्ष लौटन चौधरी बताउनुहुन्छ । उहाँले वातावरण संरक्षणका लागि गरेका प्रयास पनि सफल हुन नसकेका बताउनुभयो । ‘‘गत वर्ष वृक्षारोपण ग¥यौँ, त्यसलाई पनि जोगाउन सकिएन’’, उहाँले भन्नुभयो ।
पालिकामा रहेका प्राकृतिक स्रोत र साधन तथा वातावरण संरक्षणका लागि पालिकाले सकेको गर्ने र प्रदेश र संघबाट बजेट भित्र्याउन र यी संरचनाको संरक्षण गर्न आवश्यक छ ।