विकासका बारेमा बहस भएन टीकापुरमा

सम्पादकीय
टीकापुरको विकासका बारेमा बहस र छलफल हुनुपर्ने भएपनि तैचुप मैचुप छन् । बहस र छलफल हुन थालेपछि म जान्ने छु गरी आफ्नो बिचार लाद्ने प्रबृत्तिले विकासका सवालमा चुपचापको अवस्था छ । कुनै एउटा एजेण्डामा काम शुरु हुन थाल्यो भने खुट्टा तान्ने खेल हुन्छ । केन्द्रमा बजेट माग्नु भन्दा मैले ल्याए भन्ने बारेमा सामाजिक सञ्जालमा पोस्ट बढी हुन्छ । टीकापुरमा निर्माण भइरहेको ढल पनि अधुरो हुने भएको छ । ढलका लागि नगरपालिकाले १५ प्रतिशत योगदान गर्नुको साथै बिभागमा पहल पनि गर्नुपर्छ । तर अहिलेका जनप्रतिनीधिले ढलका बारेमा छलफल र पहल गरेको पाइदैन । यसरी क्रमागत विकासलाई जोड्न नसक्ने जनप्रतिनीधि भएपछि टीकापुरको विकास कसरी
हुन्छ रु करिब ४० किलोमिटर सतहि ढल निकास निर्माण गर्ने डिपिआर तयार भएपनि २९ किलोमिटरका लागि टेण्डर भएको हो । नगरपालिकाको लापरबाहीका कारण २९ किलोमिटर पनि बनेन । यसरी बाँकी ढलका बारेमा त जनप्रतिनीधि पुरै बेखबर छन् । यस्तो गैरजिम्मेवारपनका बारेमा यस क्षेत्रका राजनीतिक र सामाजिक अगुवा केही बोल्दैनन् । यस बाहेक पार्कका बारेमा होस् या स्मार्ट सिटी अन्तर्गत भएको डिपिआरका बारेमा पनि पहल भएको पाइदैन । ५ बर्षमा आउने जनप्रतिनीधिले टीकापुरको समय खर्च गरिदिने अनी नागरिक पनि सकारात्मक सोच राखेर राम्रो नराम्रो छुट्याउन भन्दा पनि आफ्नो र परायामा व्यस्त हुने भएपछि टीकापुर खण्डहर हुने निश्चित हो । हरेक व्यक्तीको एउटै स्वार्थ हुनुपर्छ त्यो हो टीकापुरको विकास । टीकापुरको विकासलाई स्थानीय सबै राजनीतिक दलले एजेण्डा बनाएर अघि बढ्न जरुरी छ । टीकापुरले क्षती बेहोरोको छ अब सबैले क्षतीपूर्ति सहितको विकास निर्माणमा लाग्न जरुरी छ । यस क्षेत्रका जनप्रतिनीधिहरुको कर्तव्य हो टीकापुरको विकासमा ध्यान दिनु । नागरिकले चुनेका व्यक्तिहरु नै बढी गमिभर हुनुपर्छ । यस क्षेत्रबाट निर्बाचित जनप्रतिनीधिले टीकापुरको विकासमा खासै ध्यान दिएको पाइदैन । तसर्थ टीकापुरबासी निष्ठा पूर्बक टीकापुरको विकासमा उक हुन जरुरी छ ।