विकासका सवालमा टीकापुर एक भएन

सम्पादकीय
टीकापुर यस पटक जनप्रतिनीधि धेरै भएको निर्बाचन क्षेत्र हो । तीन जना संघिय सांसद,दुईजना राष्ट्रियसभा सांसद, प्रदेश सांसद तीन जना छन् । यसरी यतिका संघिय र प्रदेश सांसद हुदा विकासको खाका तयार छैन । यस पटक टीकापुरले संघिय मन्त्री पाएको छ । यसरी पद पाएका जनप्रतिनीधिहरु एक ठाउँमा बस्ने वातावरण भएन । निर्बाचित सांसदले विकासका सवालमा पहल गर्नुपर्ने भएपनि केही वास्ता गरेको पाइदैन । काम गर्ने तरिका नजानेर पनि होला । स्थानीय सरकारका जनप्रतिनीधि आपसमा लड्नमा व्यस्त छन् । यस पटक हरेक माननीयले आआफ्नै बिचार अनुसार योजना माग गरेका छन् । यसरी योजना माग गर्दा टीकापुर नगरपालिकाका मेयर एक्लै आएका छन् । यसरी बजेट पर्ने भए देशको अवस्था किन यस्तो हुने थियो रु मेयर काठमाण्डौमा आएर बजेट माग गर्नुको साटो सबै सांसदहरुलाई नगरपालिकामा बोलाएर विकासका योजना बारे छलफल भएको भए सार्थकता पाउँने थियो । गर्ने काम नगर्ने अनी जनतालाई ठग्न विकास बजेट माग गरेको नाटक गर्नेहरुलाई जनताले चिन्न जरुरी छ । २० लाख रुपैयाँ लगानी सम्मेलनका लागि बजेट छुट्याउने नगरपालिकाले आफ्ना क्षेत्रका सांसदहरुलाई बोलाएर छलफल गर्न चाँहदैन । अहिले टीकापुरका लागि राम्रो अवसर थियो । यो ५ बर्षमा धेरै काम गर्न सकिन्छ । सांसदहरु एक भएर बजेट माग गर्ने हो भने बजेट नपाइने कुरै छैन । यहाँ त व्यक्ति पिच्छे बजेट माग गर्ने अनी सामाजिक सञ्जालमा काम गरेको नाटक गर्नेहरुकै कारण समया भएको छ । टीकापुरको पार्कलाई व्यबस्थित बनाउने सवालमा केही काम भएको छैन । भन्सारमा क्यारेन्टाईन आवश्यक छ भन्ने सबैलाई थाहा छ तर एकजुट भएर पहल गरेको पाइदैन । संघ संस्थामा पारदर्शीता छैन । नगरपलिकाबाट वाँकी रहेको ४ बर्षमा धेरै आशा गर्ने ठाउँ छैन । तसर्थ टीकापुरबासी एक भएर जनप्रतिनीधि लाई दबाब दिन जरुरी छ । सबैभन्दा नगरपालिकाका जनप्रतिनीधि गम्भिर भएनन् भन्ने हो यसमा नागरिकले कठोर भएर दबाबका कार्यक्रम गर्नुपर्छ । जनताले तिरेको कर दुरुपयोग गर्ने विकास नहुने भएपछि जनता चुप लागेर बस्नु हुँदैन । टीकापुरबासी समयमै सचेत हुन जरुरी छ ।