टीकापुर, ७ जेठ/कोरियन नागरिक उ याङ छेदान्को सहयोग मा टीकापुरस्थित प्रगतिशिल आधारभूत विद्यालय टीकापुर १ एकतापुरमा शौचालय निर्माण भएको छ ।
बालबालिकाका लागि शौचालय को समस्या देखेपछि टीकापुर अस्पतालमा कोइका का कार्यक्रम व्यवस्थापक तथा आरसीआइका नेपाल प्रतिनिधि पार्क क्वाङ हो ले उ याङ छेदान्को सहयोगमा शौचालय निर्माण गरिदिनु भएको हो । विद्यालयमा छात्रा का लागि सुविधा सम्पन्न ५ कोठे शौचालय निर्माण गरिएको छ भने पूरानो शौचालय समेत मर्मत गरिएको छ । ६ लाख लागतमा शौचालय निर्माण गरिएको हो ।
शौचालय उद्घाटनसँगै विद्यालय मा बालबालिकालाई खेल गतिविधिका लागि २ थान फुटबल, २ थान भलिबल, स्पीकिङ, हावा भर्ने पम्प समेत सहयोग गर्नुभएको छ ।
कार्यक्रममा सामान सहयोग गर्दै पार्क क्वाङ हो ले चिटिक्क परेको शौचालय उपहार दिन पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले विद्यालय तथा बस्तीमा गरिबी देखेको र यहााका बालबालिकालाई सजिलो होस् भनी सहयोग गरेको बताउँदै अबको ३० वर्षपछि यहाँ अध्ययनरत बालबालिकाले पनि समुदायमा समस्यामा रहेकालाई यस्तै उपहार दिने आशा गरेको बताउनुभयो ।
कार्यक्रममा वडा नं। १ का वडा सदस्य नरेश विकले विद्यालयलाई वडा कार्यालयबाट समेत सहयोग हुँदै आएको बताउँदै आउँदा दिनमा पनि व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयोे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर नेपालीले कोरियन नागरिक भएर पनि ठूलो सहयोग गरेको बताउँदै विद्यालय को अवस्था दयनीय भएकाले सघाउन पालिकालाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा सेवक नेपालद्वारा सञ्चालित पहल परियोजनाका संयोजक इन्द्रराज जोशी, महिला बालबालिका शाखा प्रमुख संगीता शाह, शिक्षा तथा खेलकुद शाखाका प्राविधिक विना पौडेल लगायतको उपस्थिति थियो । प्रधानाध्याक हृदयराज रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत शिक्षक कल्पना स्वर्णकारले गर्नुभएको थियो ।