विपन्न बस्तीका बारेमा ध्यान देउ

सम्पादकीय
स्थानीय सरकार केवल तालिम गोष्ठीमा व्यस्त छत् । विकासमा चरम व्यतिथी बढ्दै गएको छ । सडक बनाउँदै जाने पछाडीबाट बिग्रदै जाने गरेको देख्न पाइन्छ । जनताको गाँस काटेर असुलेको पैसा सदुपयोग होस् भन्ने मानसिकता अधिकांस जनप्रतिनीधिमा देख्न पाइदैन । आय मुलकका कार्यक्रम बिपन्न नागरिकलाई बाच्ने आधार हुन्छ भन्ने हेक्का राखेर कार्यक्रम गर्नुको साटो भत्ता कसरी खाने भन्ने मात्र ध्यान दिएको पाइदैन । बर्षादको समय आउँदै छ बिपन्न बस्तीमा बाससको समस्या छ समयमै ध्यान जान जरुरी छ । नागरिकले सहज जीवन विताउने वातावरण छैन । बर्षादमा सर्प किराको त्रास हुन्छ । चिसोको मौसममा बिपन्न बस्तीका नागरिकले ठूलो कठिनाई भोग्नुप¥यो । सिचोकै कारण कतिपयको ज्यान गयो । चिसोबाट बच्नका लागि र बर्षादमा आइपर्ने समस्याका बारेमा उनीहरुलाई आधारभुत कुरा आवश्यक पर्छ यसमा जनप्रतिनीधिले ध्यान दिन जरुरी छ । विपन्न नागरिक भोको बस्नु पर्ने अवस्था छ भने बत्तीको सुबिधामा कमि छ । स्थानीय सरकारले आफ्ना नागरिकको दुख कष्टका बारेमा बुझ्न जरुरी छ । टीकापुरका बिभिन्न बस्तीमा विपन्न नागरिकको जीवन कष्टकर बनेको छ । आफ्नो पालिकामा बस्ने नागरिकका समस्या पहिचान गर्ने र समाधान गर्ने काम जनप्रतिनीधिको हो । स्थानीय जनप्रतिनीधिले प्रदेश र संघ सरकारसंग समन्वय गरेर बिपन्न बस्तीका बारेमा निर्णय लिनु पर्छ । बिपन्न नागरिकको बाच्ने अधिकार सुनिश्चित गर्न जरुरी छ ।