विपिन बन्धक भएको १७८ औं दिन: बन्धक फिर्ता ल्याउन इजरायली प्रधानमन्त्रीमाथि दबाब

होम कार्की
काठमाडौं, चैत २०/कञ्चनपुरका विपिन जोशीसहित एकसय ३० जना प्यालेस्टिनी विद्रोही समूह हमासको बन्धकमा रहेको सोमबार १७८ औं दिन पुगेको छ । आफ्ना छोरा विपिनलाई मुक्त गर्न बुवा महानन्द र आमा पद्माले गर्दै आएको अपिललाई न सिंहदरबारले गम्भीर रुपमा लियो, न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु समक्ष कडा स्वर नै पुग्यो ।
बरु गाजापट्टीमा विपिनसँगै बन्धक बनाइएका इजरायली नागरिकका परिवार र विपक्षी दलले शनिबारदेखि थालेको प्रर्दशनले इजरायली प्रधानमन्त्री नेतान्याहु दबाबमा देखिएका छन् । विपक्षी दल र बन्धक बनाइएका परिवारले प्रधानमन्त्री नेतान्याहुको राजीनामा मागेका छन् । अहिले विपिनको रिहाईको माग पनि इजरायलमा भइरहेको प्रर्दशनसँग जोडिएको छ ।
बन्धक बनाइएकाहरुलाई मुक्त गर्न असफल देखिएको भन्दै इजरायलको विपक्षी दलका नेताको आह्वानमा शनिबार १० औं हजार प्रर्दशनकारीहरु जेरुसेलम र तेलअभिममा निस्किए का थिए । जसमा हमासद्वारा बन्धक बनाइएकाहरुका परिवारहरु पनि मिसिएका थिए । पीडितपरिवारका सदस्यहरुले इजरायली संसद, प्रधानमन्त्री निवास अगाडिको सडकमा चार दिनको लागि टेन्ट नै राखेका छन् । उनीहरुले बन्धक लाई छुटाउन तुरुन्तै संवाद गर्न माग राखेका छन् ।


पीडित परिवारलाई प्रधानमन्त्री नेतान्याहुबाट बन्धक छुटाउन बलियो पहल नभइरहेको लाग्न थालेको छ । ‘मेरो छोरो मतानलाई घर आउने प्रतीक्षामा बसेको ६ महिना भइसक्यो । म अब यो भन्दा बढी पर्खन सक्तिन । म यो टेन्टमा रातभरी सुत्न चाहन्छु । किनभने मेरो छोरा गाजा क्षेत्रको सुरुङभित्र बसिरहेको होला,’ सडकमा टेन्ट राखेकी मतानकी आमाले मिडिया समक्ष भनिरहेकी थिइन्,‘जबसम्म मेरो छोरो आउँदैन, तबसम्म म सडकबाट हट्ने छैन ।’
७ अक्टोवरमा एकसय २२ जना विदेशीसहित हमासले २ सय ५३ जनालई बन्धक बनाएर लगेको थियो । मंसिरको पहिलो सातामा बन्धक र कैदी साटासाट हुनेगरी इजरायल र हमासबीच भएको अस्थायी युद्धविरामको समयमा हमासले २२ जना विदेशी नागरिकसहित एकसय ५ जना लाई रिहाई गरिदिएको थियो ।
जसमा नेपालको कमजोर कूटनीति हुँदा विपिन जोशी परेनन् । गाजापट्टीको सीमा नजिकै रहेको इजरायलको किवुज अलुमिमबाट बिहान १० बजे जोशीसहित थाई नागरिकलाई बन्धक बनाएर लगेको थियोरु। अलुमिममा हमासले अन्धाधुन्ध गोली चलाउँदा १० जना नेपाली मारिएका थिएरु। इजरायल डिफेन्स फोर्स ९आईडीएफ० द्वारा जारी भिडियोअनुसार विपिनलाई गाजा सहरस्थित अल सिफा अस्पतालमा स्थानीय समय अनुसार बिहान १०ः५३ बजे तीन जना हतियारधारीले एक बन्धक लाई घिच्याउदै अस्पतालभित्र लैजाँदै गरेको देखिन्छरु। ती बन्धक खाली खुट्टा र कट्टुमा मात्रै देखिन्छन् । जसलाई कपडाले टाउको छोपेर अस्पतालभित्र लैजाँदै गरेको देखिन्छरु। कपडा र चप्पलको आधारमा विपिन नै भएको उनका साथीहरुले बताएका छन् ।
बन्धक बनाइएका कसैको अवस्था पनि सार्वजनिक गरिएको छैन । बन्धक बनाइएकाहरुका परिवारका सदस्यहरुले प्रधान मन्त्री नेतान्याहुसमक्ष नतिजा निस्कने गरी हमाससँग ‘डिल’ गर्न दबाब दिइरहेका छन् । हमासले भने वर्ताका लागि गाजाको उत्तरी क्षेत्रमा स्थानीयको आगमन लाई खुल्ला गर्नुपर्ने, इजरायलमा रहेको प्लास्टिनीको अवस्था सार्वजनिक र गाजा क्षेत्रबाट इजरायली सेनालाई फिर्ता गर्नुपर्ने सर्त अगाडि सारेको छ ।
आइतबार ९३१ मार्च० जेरुसेलम मा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री नेतान्याहुले गाजापट्टी को राफाह क्षेत्रमा सैन्य कारबाही गर्ने योजनालाई स्वीकृत गरेको जानकारी दिए । राफाह क्षेत्रमा बन्धकहरुलाई राखिएको अनुमान गरिएको छ ।
उनले आफू बन्धकहरुलाई छुटाउन २४ घण्टा काम गरि रहेको दाबी गरे । ‘बन्धकहरूलाई फिर्ता गर्ने हाम्रो प्रयास सधैं जारी छ । बन्धक राखिएको ठाउँबारे गोप्य सूचना प्राप्त हुन साथ उद्धार कार्य अगाडि बढाउन सेनालाई परिचालन गरिरहेको छु,’ प्रधानमन्त्रीको भनाई थियो,‘मेरी श्रीमती सारासँगै बन्धकहरूको परिवारसँग फेरि भेटें । मेरी श्रीमतीले कतारका अमेरिकी आमा शेख मोजालाई पत्र पठाएकी छिन् । म अझै पनि उनको प्रतिक्रिया पर्खिरहेको छु ।’
बन्धकलाई रिहाई र युद्धविराम गर्न कतारले इजरायल र हमास बीच मध्यस्थता गरिरहेको छ । ‘हमासमाथिको सैन्य दबाब र वार्ताको संयोजनले नै आधा बन्धकहरु रिहाई भइसकेका छन्,’ उनले भने,‘ वार्ता टोली र मन्त्रि परिषद्को साथमा म हाम्रा सबै बन्धकहरूलाई मुक्त गर्न चौबीसै घण्टा काम गरिरहेको छु । हमासमाथिको आवश्यक दबाब र वार्तामा सम्भव हुने लचकता बीच सन्तुलन कायम गरिरहेको छु ।’
उनले बन्धकहरूलाई फिर्ता गर्न गरिरहेको कामलाई नदेख्नु भ्रम भएको बताए । ‘मैले सबै गरिरहेको छैन भनी जसले भन्छ – त्यो गलत हो । अरूलाई भ्रमित गरिरहेको छ,’ उनले भने,‘सत्य यो हो कि जब इजरायलले वार्ता मा लचकता देखाउछ, हमासले आफ्नो अडानलाई कडा बनाउँछ । हामी बन्धकलाई फिर्ता ल्याउन विवेकपूर्ण दृढताकासाथ अगाडि बढिरहेका छौं ।’