वीपीको ४२ औं स्मृति दिवस देशभर मनाइयो

टीकापुर,७ साउन/नेपाली कांग्रेसले आइतवार वीपीको ४२ औं स्मृति दिवस देशभर मनाएको छ ।
देशभर बृक्षा रोपण , अस्पताल मा फलफूल वितरण तथा अन्तरकृया कार्यक्रम गरेर पार्टी तथा भातृ संस्थाले कार्यक्रम गरेका हुन् । कैलालीमा पार्टीको निर्देशन अनुसार प्रदेश स्तरीय कार्यक्रम भएका छन् । यसै क्रममा वीपीको आदर्शलाई प्रचार प्रसार गर्ने उदेश्यले स्थापित संस्थाहरुले पनि कार्यक्रम गरेका छन् ।
टीकापुर स्थित वीपी बिचार समाजले पनि बृक्षा रोपण कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा पूर्ब मन्त्री शिबराज जोशीले वीपीलाई बर्षमा दुई पटक सम्झने गरिएको छ भन्दै वीपीको आदर्श भने बिर्सदै गएका छौं भन्नुभयो ।


‘‘वीपीले कुनै निर्णय लिदा माटो हातमा लिएर निर्णय गर्नुपर्छ भन्नुहुन्थ्यो , आज माटो हातमा लिन्छौ की लिदैनौं सोच्नुपर्छ ’’ पूर्ब मन्त्री जोशीले भन्नुभयो ,‘‘ कांग्रेस कमजोर हुँदा मुलुक कमजोर भयो । ’’
आजको राजनीतीम पदको लेनदेन र स्वार्थका कुरा मात्र हुने गरेको जोशीले गुनासो गर्नुभयो । उहाँले गठबन्धनका नाममा दुई ठूला दल सत्तामा जानु गलत भएको जिकिर गर्नुभयो । वीपी बिचार समाज कैलाली क्षेत्र नम्बर १ का अध्यक्ष गोरबहादुर खड्काको सभापतित्वमा बृक्षारोपण कार्यक्रम भएको हो । कैलाली क्षेत्र नम्बर १ प्रदेश ख मा सभापति बलिराम चौधरीको सभापतित्वमा कार्यक्रम भएको थियो ।