वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको सपथ ग्रहण

टीकापुर, २४ भाद्र/नव निर्वाचित वीरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पस व्यवस्थापन समितिको सपथ ग्रहण तथा पदस्थापन भएको छ । निर्वाचन मण्डलका संयोजक चक्र भण्डारीले नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराउनु भएको हो ।
सपथ ग्रहण तथा पदस्थापनपछि नवनिर्वाचित क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रसिंह बमले आफ्नो कार्यकालमा सबैलाई समान व्यवहार गरिने बताउँदै सबैको सल्लाह सुझावका आधारमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
चक्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष नवराज रावल, उपाध्यक्ष मातृका प्रसाद तिमिल्सिना, क्याम्पस प्रमुख हर्कबहादुर भण्डारी, कृतिसिंह बम, छत्र दर्लामीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम सञ्चालन थिर प्रसाद उपाध्यायले गर्नुभएको थियो ।


अध्यक्षका लागि शुक्रबार भएको निर्वाचनमा महेन्द्रसिंह बम विजयी हुनुभएको थियो ।
सदस्यहरुमा जगदिश्वर पण्डित, दयाराम संज्याल, लोक बहादुर खड्का, सुरेन्द्रकिशोर गिरी र वीरेन्द साउँद निर्विरोध निर्बाचित हुनुभएको थियो ।
यसैगरी जनजातीमा किसन लाल चौधरी, महिलामा कृष्णा भण्डारी, दलितबाट राजेश टमट्टा निर्वाचित हुनुभएको छ ।