शहिद दिवसको अवसरमा बाख्रा बितरण

गणेश क्षेत्री
टीकापुर, १७ माघ/ शहिद दिवसको अवसरमा टीकापुर नगरपालिका वडा नं. ७ मा बाख्रा बितरण गरेको छ ।


शहिद बेपत्ता र घाइते परिवारहरुलाइ सम्मान कार्यक्रम अन्तरगत बाख्रा बितरण गरिएको हो । वडा नं. ७ का अध्यक्ष यज्ञ प्रसाद न्यौपानेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
बाख्रा बितरण गर्दै सभापति यज्ञ प्रसाद न्यौपाने ले देशमा आमुल परिबर्तन को लागि शहिदहरुले गरेको बलिदानको सबैले कदर गर्नुपर्ने बताउनुभयो ।
शहिदहरुको परिवारलाइ अभाब हुने ठुलो योजना ल्याउन नसकेपनि पिडामा मल्हम लगाउने कार्य गरेको र शहिद परिवारलाई आगामी दिनमा आयआर्जन मुलक र सिपमुलक कार्यक्रम वडाले ल्याएर शहिद बेपत्ता र घाइते परिवारलाइ सहयोग गर्ने बताउनुभयो ।
बाख्रा बितरण पछि शहिद परिवारकी सिता जानि चौधरीले शहिद दिवसको अवसरमा वडाले सम्मान गर्दा आफुलाइ राहत महशुस भएको र राज्य आफुसङ्गै भएको अनुभुती भएको बताउनुभयो ।
कार्यक्रममा पत्रकार गणेश क्षेत्री, सत्ति शहरी स्वास्थ क्लिनिकका प्रमुख हिमाल सारुमगर , कार्यपालिका सदस्य केसपति चौधरी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रमको संलन सचिब रिमा चौधरिले गर्नुभएको थियो ।
कार्यक्रममा ६ जना बेपत्ता,शहिद र घाइते परिवारलाइ बाख्रा बितरण गरिएको  थियो । वडा को बजेट ४८ हजार को रहेको थियो ।