शान्ति सुरक्षाको लागि सम्पुर्ण सुरक्षाकर्मीहरुलाइ चनाखो राखिएको अधिकारीको भनाई

टीकापुर, १९ मङ्सिर/ ईलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक बिश्वराज अधिकारीले टीकापुरमा शान्ति सुरक्षाको लागि सम्पुर्ण सुरक्षाकर्मिहरुलाइ चनाखो राखिए को बताउनुभयो ।
टीकापुरमा लागू औषधको समस्यालाई नियन्त्रण प्रमुख प्राथमिकतामा राखिएता पनि गुण्डागर्दी,चेलीबेटी बेचबिखन र राजश्व छली , बेश्याबृती र कानुन बिपरित हुने गतिविधिलाई समेत नियन्त्रण गर्न प्रहरी सक्षम भएको इन्चार्ज अधिकारीले टीकापुर दैनिक संगको सम्बादमा बताउनुभयो ।
अपराध न्युनिकरणको लागि आफू इन्चार्ज भएर आएपछि स्कुल÷ स्कुलमा गएर जनचेतनामूलक कार्यक्रम गरेको, होडिङ बोर्ड राखेको र अभिभावक संग छलफल गरेको बताउनुभयो ।
यदि अभिभावक साँच्चिकै जिम्मेवार भएर आफ्ना बालबालिका को गतिविधि नियालेर सुझाब सल्लाह दिने र अनावश्यक घुमफिर गर्ने घरबाट अनावश्यक गायब हुने गरेको पाएमा नियन्त्रण मात्रै गर्ने हो भने मात्रै पनि युवायुवतिहरु कुलत बाट जोगिन सक्ने अधिकारीको भनाइ थियो ।


आर्थिक बर्ष २०७९/८० मा २ सय १४ वटा आपराधिक क्रियाकलाप भएर मुद्दा दर्ता भएका थिए जसमध्ये विष सेवन बाट ७ जना,सार्बजनिक हित समेत ४१,सवारी ज्यान ६, भवितब्य १३,ज्यान सम्बन्धि कसुर २ , झुण्डी आत्महत्या ३६, चोरी आगजनी १३,ज्यानमार्ने उद्योग ५, जबर्जस्ति करणि उद्योग २ , बहुबिवाह २, आगो लगाएको १, लागुऔषध ५१ , ठगि ५, फुटकर ज्यान १३,गर्भपतन १, आत्महत्या दुरुत्साहन ३ ,जुवा, बैङ्किङ कसुर ५ , जबर्जस्ति करणि ७ , अङ्गभङ्ग सम्बन्धि १ गरि २ सय १४ वटा मुद्दा दर्ता भएको थिए ।
त्यसैगरि आर्थिक बर्ष २०८०/८१ कार्तिक मसान्त सम्ममा विष सेवन बाट ५ , सार्बजनिक हित समेत ७, भवितब्य ज्यानमा ७, ज्यान सम्बन्धि कसुर४, ज्यान मार्ने उद्योगमा ४,लागू औषधको २१, झुण्डी आत्म हत्या ८ जना, चोरी आगजनी १,फुटकर ज्यान १,गर्भपतन १, ठगि २ ,जुवा बैङ्किङ कसुर २, जबर्जस्ति करणि १ गरेर ६४ वटा मुद्दा दर्ता भएको जनाइएको छ ।