शिक्षाका बारेमा नगरपालिका गैर जिम्मेवार

सम्पादकीय
टीकापुर नगरपालिकाले गर्नुपर्ने काम गर्नुको साटो द्वन्द बढाउने काममा लागेको पाइन्छ । नगरको शिक्षा समितिले बनाएको नियमावली लत्याएर मनपरी काम गर्न लागेका छन् । नगरपालिकाले आफ्नो क्षेत्र भित्र सामुदायिक र नीजि बिद्यालय कति छन् भनेर निक्र्याैल गरेर बिद्यार्थी संख्याको अध्ययन गर्न जरुरी छ । सामुदायिक विद्यालयलाई बलियो बनाउने नीति बनाएको भए नीजि क्षेत्रको भर पर्नुपर्ने थिएन । नीजि बिद्यालय कतिवटा छन् भन्ने बारेमा पनि अध्ययन भएको पाइदैन । नीजि बिद्यालयलाई व्यबस्थित गर्ने काम पनि नगरपालिकाका हो । जनप्रतिनीधिहरुले अध्ययन बिनानै नीजि बिद्यालयलाई अनुमति दिने गरेका छन् । व्यापार गर्न पाइन्छ भन्ने तर्क शिक्षा अधिकृतले गर्छन् भने नगरको शिक्षा कस्तो हालत होला ? बन्द हुने अवस्थामा पुगेको एउटा बिद्यालय वार्ड नम्बर ७ मा सार्ने बिषयले यतिखेर बिबाद भएको छ । नयाँ शैक्षिक सत्र सुरु हुनेबेला बिना अनुमति बिद्यालय सञ्चालन गर्न भवन निर्माण गरेको भन्दै वार्ड नम्बर ७ मा सञ्चालित नीजि बिद्यालयले वडा र नगरमा बिरोध पत्र बुझाएका छन् । त्यसै त त्यस क्षेत्रमा बिद्यार्थीको अभाव छ त्यसैमा थप बिद्यालय सञ्चालन गर्ने हो भने सबै समस्यामा पर्ने निश्चित हो । नीजि बिद्यालय थप्नुपर्ने हो भने त्यस क्षेत्रका बिद्यार्थीले नयाँ केही कुरा पाउने गरी लगानी सुनिश्चित गर्न जरुरी छ । टहरामा सञ्चालन हुने बिद्यालय थप्नुको के अर्थ छ ? शिक्षा समितिले बिद्यालयले सार्ने स्विकृती दिएपनि अध्ययन गरेको पाइदैन । जनप्रतिनीधि भयौ भन्दैमा सोच बिचार गर्नुको साटो मनपरी गर्ने अधिकार कसैलाई छैन । एक पटक निर्बाचित भए भन्दैमा भएका संरचना बिगार्नु गलत हो । कसैलाई एकछिन खुसी पार्न सकिएला तर नियम मिच्दै जाने प्रचलन रहिरहन्छ । अभिभावक सचेत हुन जरुरी छ । अहिलेको युगमा पनि टहराको शिक्षालाई धेरै महत्व दिनु हुँदैन । लगानी गर्ने गरी कोही आउछ भने त्यसलाई स्वागत गर्नुपर्छ । तसर्थ नगरपालिकाले शिक्षाका बारेमा ध्यान दिन जरुरी छ ।