गणेश क्षेत्री
टीकापुर, १३ चैत/टीकापुर नगरपालिका वडान ७ सत्ति स्थित पद्मप्रकाशेस्वर महादेब मन्दिरमा श्रीमद् भागवत भक्ति सत्संग अनुष्ठान चौथौ दिन निरन्तर चलिरहेको छ ।
आइतबार चौथो दिनसम्म १० लाख रुपैयाँ दानबाट उठेको मन्दिर ब्यवस्थापनका अध्यक्ष बिदुरलाल कायस्थले बताउनुभयो ।
आइतबारको चौथो दिनमा १ लाख १ हजार १ सय ११ रुपैयाँ दान गरेर उदयराम ढुंगाना आजको दानबिर बनेका छन् ।
मन्दिर संरक्षण , भौतिक पुर्बाधार र जग्गा खरिद गर्नको लागि महायज्ञ गरिन लागेको हो ।
प्राचिन,पुरातात्त्विक हिसाबले समेत महत्त्वपूर्ण र सबैभन्दा ठुलो शिबलिङ्ग भएको र पुर्बतर्फ फर्केको शिबलिङ्ग भएकोले मन्दिरको विशिष्ट महत्व भएको र दर्शन र पुजाआजा गर्नाले पाप नाश भएर मोक्ष प्राप्ति हुने बताइन्छ ।
प्रत्येक दिन बिहान पुजा ७ बजे,पाठपारायण बिहान ८ बजे देखि कथाबाचन बिहान १०स्४५ देखि ४स्३० बजेसम्म र बेलुका ७ बजेदेखि महात्मय हुने र प्रत्यक दिन दिब्य झाँकी, लिला प्रदर्शन का साथै भक्ति सङ्गित हुँदै आएको छ ।