श्रीमद् भागवत भक्ति सत्संग अनुष्ठान २०७९ को आय/ब्यय सार्बजनिक

गणेश क्षेत्री
टीकापुर, २८ चैत/पद्म प्रकाशेस्वर महादेब मन्दिर संरक्षण समितिको सार्बजनिक सुनुवाइ कार्यक्रम टीकापुर ७ मा सम्पन्न भएको छ । १ सय ११ औ बार्सिकोत्सव अवसरमा चैत्र ८ गतेदेखि १५ गतेसम्म भएको श्रीमद् भागवत भक्ति सत्संग अनुष्ठान २०७९ को आय/ब्यय सार्बजनिक सुनुवाइ भएको हो ।
मन्दिरका अध्यक्ष बिदुरलाल कायस्थको सभापतित्वमा भएको कार्यक्रममा पद्म प्रकाशेस्वर महादेब मन्दिर संरक्षण समितिका संरक्षक श्री ऋषिराज आचार्य प्रमुख अतिथि रहनुभएको थियो ।
ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्घब सिंह भाट , वडा नं। ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने र अक्षयकोष स्थापना गर्ने मोहन बहादुर शाह विशिष्ट अतिथि रहनु भएको थियो ।


प्रमुख अतिथि ऋषिराज आचार्य ले धर्म र संस्कृति मानब जिवनको एक अर्काको पुरक भएको बताउनु भयो । मानब सभ्यताको उत्पतिकाल देखि नै नियम कानुन भन्दा धार्मिक कानुन हुन्थ्यो र धार्मिकता संग नजोडियो भने मान्छे सधंै अपुरो रहने बताउनुभयो ।
आचार्य ले हिन्दु धर्मले जिवजन्तु चराचुरुङ्गी देखि लिएर बोटबृक्ष लाई समेत माया ,सम्मान र आदर गर्न सिकाउने हुनाले हिन्दु धर्मको विशिष्ट महत्व भएको बताउदै पद्म प्रकाशेस्वर महादेब मन्दिर पुरातात्त्विक हिसाबले समेत महत्त्वपूर्ण र नेपालको सबैभन्दा ठुलो र पुर्ब तर्फ फर्किएको शिबलिङ्ग भएकोले यो पबित्र भुमिमा सम्पन्न भएको श्रीमद् भागवत भक्ति सत्संग अनुष्ठानले सबैको कल्याण हुने बताउनुभयो ।
विशिष्ट अतिथि यज्ञप्रसाद न्यौपाने ले ऐतिहासिक र पबित्र स्थल पद्म प्रकाशेस्वर मन्दिरमा भएको श्रीमद् भागवत भक्ति सत्संग अनुष्ठान भक्तिभावले सम्पन्न भएको र १२ औं दिनमा नै आय÷ब्यय सार्बजनिक हुनाले पनि भक्तजनहरु ले गरेको दानको सहि सदुपयोग भएको आफुलाइ लागेको बताउनुभयो ।
अर्का विशिष्ट अतिथि साबिक नारायणपुर गाबिसका पुर्ब अध्यक्ष फकिर सिंह कडायतले धार्मिक भावनाले ओतप्रोत भएर गरिएको श्रीमद् भागवत भक्ति सत्संग अनुष्ठानले सबैको मन बचन र कर्म पबित्र भएको बताउनुभयो ।
मन्दिरका उपाध्यक्ष नरेन्द्र नाथ सिंहको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रममा सामुदायिक सहकारीका अध्यक्ष पल बहादुर बस्नेत , अक्षय कोष दाता मोहन बहादुर शाह
लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा श्रीमद् भागवत भक्ति सत्संग अनुष्ठान मा सहयोग गर्ने दानदाता, सहयोगि र मिडिया लाई सम्मान पत्रले सम्मानित गरिएको थियो ।
श्रीमद भागवत भक्ति सत्संग अनुष्ठान को ५० लाख ५ सय ९ रुपैयाँ को आयब्यय कोसाध्यक्ष दिनेश बैध्य ले प्रस्तुत गर्नुभएको कार्यक्रमको संचालन सचिब भिम बिकले गर्नुभएको थियो । कार्यक्रममा उठेका प्रस्न जिज्ञासाको जवाफ अध्यक्ष बिदुरलाल कायस्थ , उपाध्यक्ष नरेन्द्र नाथ सिह, भिम बिकले दिनु भएको थियो ।