श्रीमद् भागवत भक्ति सत्संग अनुष्ठान २०७९ को उद्घाटन

गणेश क्षेत्री
टीकापुर, ९ चैत/टीकापुर नगरपालिका वडा नं. ७ स्थित पद्मप्रकाशेस्वर महादेब मन्दिरको १११ औ बर्षगाँठको अवसरमा चैत्र ८ गतेदेखि १५ गतेसम्म हुन लागेको श्रीमद भागवत भक्ति सत्संग अनुष्ठान महायज्ञ को बुधबार उद्घाटन भएको छ ।
सुदूरपश्चिम प्रदेश सभासद लक्ष्मण किशोर चौधरी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा टीकापुर नगरपालिकाका पुर्ब मेयर तपेन्द्र बहादुर रावल, अक्षय कोष दाता मोहन बहादुर शाह, साबिक नारायणपुर गाबिसका अध्यक्ष फकिर सिह कडायत , वडा नं। ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने,नेपाल सांस्कृतिक परिषदका केन्द्रिय अध्यक्ष हर्क बहादुर स्वाँर, मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाट विशिष्ट अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि सभासद चौधरीले पुरातात्त्विक हिसाबले अत्यन्तै महत्वपूर्ण र दुर्लभ शिबलिङ्ग भएको मन्दिरको विशेष महत्व भएको बताउनु भयो ।
चौधरीले पर्यटकीय र धार्मिक महत्व भएको मन्दिरको संरक्षण गर्नु सबैको दायित्व भएको र आफ्नो स्तरबाट हुने सक्दो सहयोग मन्दिर लाई गर्ने बताउनु भयो ।
मन्दिर संरक्षण,पुर्बाधार विकास र मन्दिरको लागि जग्गा खरिद गर्नको लागि महायज्ञ गरिन लागे को मन्दिरका अध्यक्ष बिदुरलाल कायस्थले बताउनुभयो ।
मन्दिरको नाममा ७ सय बिगहा जग्गा भएको ऐतिहासिक दस्ताबेज मा उल्लेख भएपनि जमिन अतिक्रमण भएर हाल अढाइ कठ्ठा जमिन मात्रै मन्दिर को नाउँमा रहेको छ ।
बिक्रम सम्बत १९६७ मा रणोदिप सिंहको महारानिले महोत्सव गराएको १११ औ बर्ष गाँठको अवसर पारेर महायज्ञ गर्न लागिए को मन्दिरका उपाध्यक्ष नरेन्द्र नाथ सिंहले बताउनुभयो ।
मन्दिरको जग्गा खरिदको लागि सहयोग र दाताहरुको सहयोग जुट्ने क्रम सुरु भएको छ । मन्दिर संरक्षण समितिका सदस्य रम्भादेबि कडायतले स्वर्गिय श्रीमानको स्मरणमा २५ हजार ५ सय २५ रुपैयाँ महोत्सव सुरुवात हुनु अगाबै प्रदान गर्नुभएको थियो ।


मन्दिर ब्यवस्थापनका अध्यक्ष बिदुरलाल कायस्थले १ धुर जग्गा खरिद बापतको रकम १ लाख २५ हजार दान दिने बताउनु भएको छ । महायज्ञ बाट उठेको रकमले ५ कठ्ठा जमिन खरिद गर्ने मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।
साथै महायज्ञको लागि २१ लाख खर्च लाग्ने जानकारि प्राप्त भएको छ ।
महायज्ञमा ऋषिराज आचार्यले आश्रीबचन,मुर्मुक्ष उद्घब शर्मा ले सन्चालन र आचार्य शुश्री अनुराधा देबिले प्रबचन दिनुहुनेछ ।
बिहान पुजा ७ बजे,पाठपारायण बिहान ८ बजेदेखि, कथाबाचन १०ः४५ देखि ४ः३० सम्म हुनेछ भने प्रत्येक दिन बेलुका ७ बजे महात्मय हुने र प्रत्येक दिन दिब्य झाँकि,लिला प्रर्दशनका साथै भक्ति संगित हुने छ ।