श्री राष्ट्रिय मावि बेलुवाको अभिभावक भेला सम्पन्न

गणेश क्षेत्री
टीकापुर, १ फागुन/श्री राष्ट्रिय माध्यामिक बिद्यालय बेलुवाको बिद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन अभिभावक भेला टीकापुर नगरपालिका वडा नं। ६ मा सम्पन्न भएको छ ।
शिक्षक अभिभावक संघका देब बहादुर बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा टीकापुर नगरपालिका शिक्षा शाखाका नरेश अवस्थि प्रमुख अतिथि रहनुभएको थियो । विशिष्ट अतिथिमा वडा नं। ६ का अध्यक्ष वडा अध्यक्ष बलिराम चौधरी रहनुभएको थियो ।
प्रमुख अतिथि अवस्थिले शिक्षा जस्तो पबित्र स्थलमा राजनीति गर्न नहुने र लाभ पनि लिन नहुने बताउनुभयो ।
गठन हुन लागेको बिद्यालय ब्यवस्थापन र शिक्षक अभिभावक संघको गठनमा बिद्यालयलाई समय दिन सक्ने र बिद्यालयको अभिभावकत्वको भुमिका निर्बाह गर्न सक्ने ब्यक्ति भएमा शैक्षिक स्तर अधि बढ्ने बताउनुभयो ।
विशिष्ट अतिथि बलिराम चौधरीले शैक्षिक स्तर खस्किने होस वा अधि बढ्ने होस त्यसको जस र दोष शिक्षक संगैै अभिभावक को पनि रहने बताउनुभयो ।
चौधरीले दिनको ६ घन्टा बिद्यार्थि शिक्षक संगैै हुने भएपनि बाँकी १८ घन्टा अभिभावक सङ्गैहुने भएकोले अभिभावक अझै जिम्मेवार भएर लाग्नुपर्ने बताउदै अरु वडा मा १ कक्षा देखि ८ कक्षा सम्म शिक्षा निसुल्क भएपनि आफ्नो वडा मा १ देखि १० कक्षा सम्म निशुल्क भएकोले बिपन्न बर्गलाइ थप सहज भएको बताउनुभयो ।


प्रधानाध्यापक बिक्रम धामिको स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रममा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष कपुर सिह कडायत, बिद्यालय ब्यवस्थापन का अध्यक्ष दान बहादुर मगर,पुर्ब अध्यक्ष सिपि खनाल,पुर्ब अध्यक्ष चिरञ्जीवी खनाल, अभिभावक आशा चौधरी लगायत ले शुभ कामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा २०४४ साल बाट शिक्षक पेसामा आबद्ध र राष्ट्रिय माध्यामिक बिद्यालयमा २०७२ साल देखि २०७९ सालसम्म अध्यापन गरेर सेवानिबृत्त हुनु भएका प्रधानाध्यापक चक्रपाणि भट्टराईलाई सम्मानपत्रले सम्मानित र दोसल्ला ओढायर बिदाइ गरिएको थियो ।
सम्मान पछि सेवानिबृत्त भट्टराई ले शिक्षा जस्तो पबित्र ठाउँमा आफ्नो जिवनको आधा उमेर बिताउन पाउनु जिवनको सबैभन्दा ठुलो उपलब्धि भएको बताउनुभयो
त्यसैगरि अभिभावकको भेलाले शिक्षक अभिभावक संघ को अध्यक्ष मा शम्भु कडायतलाइ निर्बिरोध चयन गरेको छ ।
त्यसैगरि सदस्यमा ७ जना समेत चयन भएका छन् भने बिद्यालय ब्यवस्थापन समितिको पुर्णता अर्को बैठकमा हुने प्रधानाध्यापक बिक्रम धामिले बताउनुभयो ।
कार्यक्रमको संचालन शिक्षक रामप्रसाद चौधरीले गर्नुभएको थियो ।