टीकापुर, ३२ साउन/संसदीय सुनुवाइ समितिको सभापतिमा इश्वरीदेबी न्यौपाने निर्बिरोध चयन हुनुभएको छ ।
संघिय संसद ,संसदीय सुनुवाइ समितिको बिहिबार बसेको बैठकमा उहाँ सभापतिमा निर्बिरोध चयन हुनुभएको हो । बैठकमा समितिका जेष्ठ सदस्य पशुपतिशमशेर जवराले उक्त समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्बिरोध सभापति घोषणा गर्नुभएको हो ।
सभापति न्यौपानेले बिहिवार साँझ नै सभामुख देबराज घिमिरेबाट सपथ ग्रहण गर्नुभएको छ । सभापति न्यौपाने नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुनुहुन्छ भने नेपाली कांग्रेसका केन्द्रिय सदस्य हुनुहुन्छ ।
तेस्रो पटक सांसद हुनुभएकी न्यौपानेले सचेतकको जिम्मेवारी निभाई सक्नुभएको छ भने सहकारी छानविन संसदीय समितिको सदस्य हुनुहुन्छ ।
पार्टीमा निस्कलंकित छबी भएकी सांसद कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनीधित्व गर्नुहुन्छ । पूरै परिवार कांग्रेसमा भएका कारण जनयुद्धका कालमा ज्यान जोगाउन गाहे भएपछि राजधानी बस्न बाध्य हुनुभएको थियो ।
‘‘हाम्रा लागि खुसीको कुरा हो,संसदीय सुनुवाइमा जिम्मेवारी पाउनु भनेको पार्टी र सांसदले बिश्वास गर्नु पनि हो ,’’ नेपाली कांग्रेसका पूर्ब जिल्ला सहसचिब चिरञ्जीवि खनालले भन्नुभयो , ‘‘ आशा पलाएको छ , विकासका सवालमा पनि ध्यान जानुपर्छ , सम्भावना भएर पनि टीकापुर क्षेत्र बर्षौ देखि ठगिर्दै आएको छ ।’’