टीकापुर, १७ बैशाख/सञ्चारकर्मी समूहको पाचौँ साधारण सभा भएको छ । सभाले नयाँ नेतृत्व चयन गरेको छ ।
सञ्चारकर्मी समूह टीकापुरको अध्यक्षमा पुनः दिपक थापा चयन हुनु भएको छ । समूहको शनिबार भएको पाँचौ साधारणसभाले थापालाई अध्यक्षमा चयन गरेको हो । साधारण सभाले उपाध्यक्ष दुर्गा देवकोटा, सचिवमा ईश्वर साउँद, सहसचिवमा दिलबहादुर चौधरी, कोषाध्यक्षमा पूर्ण विकलाई निर्विरोध चयन गरेको छ । यस्तै सदस्यमा शेरबहादुर विष्ट र सीता खनाल चयन हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष थापाले सञ्चारकर्मी समूहले टीकापुरमा लामो समयदेखि रेडियो सञ्चालन लगायतका काम गरिरहेको बताउँदै सञ्चारकर्मी समुह विना स्वार्थ समाज रुपान्तरणको अभियानमा रहेकाले त्यसमा आवद्ध हुनेलाई स्वागत गर्न तयार रहेको बताउनु भयो ।
साधारणसभाको उद्घाटन गर्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले पत्रकारले व्यक्तिगत स्वार्थभन्दा सामूहिक स्वार्थमा काम गर्दा राम्रो हुने बताउनुभयो ।
उहाँले सञ्चारकर्मी समुहले अवका दिनमा पत्रकारिता प्रति नागरिकको लगाव कत्तिको छ भनि सोच्नुपर्ने अवस्था आएकाले यसले पत्रकारको क्षमता वृद्धि लगायतका काम गर्नुपर्ने सुझाव दिदै त्यसमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो ।
टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन विकले पत्रकारहरुले सरकारको प्रतिपक्षको भूमिका खेल्नु पर्ने बताउँदै सञ्चारकर्मी समूहले सामुदायिक रेडियो सञ्चालन गरिसकेको र अवका दिनमा टीभी लगायतका कुराहरु आएकाले त्यसमा आफ्नो सक्दो सहयोग रहने बताउनुभयो ।
सञ्चारकर्मी समूह टीकापुरका पूर्व अध्यक्ष दुर्गाप्रसाद भण्डारीले सञ्चारकर्मी समूहले एउटा रेडियो सञ्चालन गरिसके को बताउँदै अव टेलिभिजन तर्फ जानुपर्ने सुझाव दिनुभयो ।
सञ्चारकर्मी समूह टीकापुर पत्रकारहरुको एउटा विशुद्ध संस्था भएकाले म पत्रकारितामै टिकेर काम गर्छु भन्नेलाई यस संस्थामा जोडेर लैजानुपर्ने सुझाव दिनुभयो ।
दिपक थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दुर्गा देवकोटाले गर्नुभएको थियो भने सञ्चालन कोषाध्यक्ष पूर्ण विकले गर्नुभएको थियो ।