सत्ताका लागि भ्रमको खेती

सम्पादकीय
नेपालका नेताहरु सत्ताका लागि जनताको काम गर्नु भन्दा पनि भ्रमको खेति गरेर जनतालाई लट्पट्याउने काम मात्र भइरहेको छ । गणतन्त्रमा नागरिक गठिने शिलशिला रोकिएको छैन । निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाले संसदीय समितिमा खोलेका पोलले दलका नेताहरु छलकपटमा व्यस्त रहेछन् भन्ने प्रमाणित भयो । अदालतलाई आफ्नो नियन्त्रणमा लिएर जनतालाई ठग्नु भनेको ठूलो अपराध हो । जनताले के गर्न सक्छन् भन्ने भावनाको विकास कसरी भयो भन्ने कुरा राणाको कुराबाट प्रष्ट हुन्छ । जनताका जनप्रतिनीधि जनतासंग नडराउने भएपछि मुलुक अस्तव्यस्त भएको रहेछ । जनभावना बिपरित हिँड्नेहरुलाई जनताले तह लगाउनुको साटो जिताएर पठाउनुपर्ने बाध्यता गणतन्त्रमा छ । काम नगर्ने जनतालाई ठग्ने अनी भोट दिएर तीनै ठगलाई जिताउनुपर्ने भएपछि गणतन्त्र कतिञ्जेल टिक्छ ? नेपालका नेताहरु देशको आर्थिक विकास कसरी गर्ने र जनतालाई कसरी राहत दिन सकिन्छ भन्ने बारेमा चर्चा गर्दैनन् । दैनिक देश र जनताको आर्थिक प्रगती र नागरिकको जीवन स्तर कसरी सुधार हुन्छ भन्ने बारेमा गभिंर हुनुपर्ने हो । जनजीविकाको सवालमा नेताहरु गभिंर हुनुपर्ने हो तर नेताहरु दिनभरी भाषण गर्नमा व्यस्त हुन्छन् । नेपालका नेताहरुको काम दिनभरी भाषण गर्ने मात्र होकी झै देखिन्छ । सत्तामा बस्दासम्म आश्वासन दिने अनी सत्ता भन्दा बाहिर भएपछि बिपक्षीलाई धारे हात लगाएर यो भएन , उ भएन भनेर जनतालाई ठग्ने काम हुन्छ । सत्तामा बसेका बेला गम्भिर भएको भए मुलुक धेरै अघि बढिसक्ने थियो । प्रजातन्त्र र गणतन्त्रका लागि लडेका नेताहरु जनताको सवालमा भन्दा पनि भाषण गरेर जनतालाई एकछिन खुसि बनाएर भाग्न सकिन्छ भन्नेमा लागेको पाइन्छ । मसिंर ४ गते प्रदेश र संघको निर्बाचनमा जनता सचेत हुन जरुरी छ । निर्बाचनका समयमा पीडा बिर्सने चलनले पनि जनप्रतिनीधिहरु मनपरीमा उत्रिएका हुन् । नेताहरुमा स्वच्छेचारी बढ्नुको कारण अदालत पनि रहेछ भन्ने बुझ्ने मौका यतिखेर पाइएको छ । तसर्थ जनता सचेत हुन जरुरी छ ।