सत्ताको दलदलमा कांग्रेस

सम्पादकीय
नेपाली कांग्रेस यतिखेर कठिन मोडमा उभिएको छ । बामपन्थीको झगडामा कांग्रेस फस्दै गएको छ । गणतन्त्रका नाममा भएको १२ बुँदे सहमतिले कांग्रेस भासिन पुगेको यतिखेर प्रष्ट भयो । निर्बाचन बिना सांसद बनाउने काम नै गलत थियो । अहिले मुलुकमा अस्थिरता पलाउँदै गएको छ भने राजनीतिमा अपराधिकरण बढ्दै गएको छ । राजनीतिमा अपराधिकरण बढ्दै दलाल र बिचौलियाको हालिमुहाली बढ्न थालेको हो । पार्टीमा निष्ठावान कार्यकर्ता ओझेलमा परेका छन् भने दलाल र माफिया हाबी हुँदै आएका छन् । यस पटक कांग्रेस प्रचण्डको नेतृत्वमा सरकारमा सहभागि भएको छ । उनै प्रचण्ड हुन् जसले कांग्रेसलाई खोजी खोजी हत्या गरे भने १२ बुँदे सहमतिमा मुख्य भूमिका निभाएका गिरिजाप्रशाद कोइरालालाई राष्ट्रपति हुनबाट रोके । यस्ता खलनायकबाट कांग्रेसले के प्राप्ती गर्ला भन्ने बिश्लेषण गरेको पाइदैन । कांग्रेसको नेतृत्व सत्ताको दलदलमा फस्दा यतिखेर ३२ सिट भएको माओवादीले सरकारको नेतृत्व गरिरहेको छ । यस्तो फोहरी खेलमा प्रजातन्त्रको हिमायति कांग्रेस संलग्न हुनु गलत हो । प्रचण्डले कांग्रेसलाई प्रयोग मात्र गर्ने निश्चित छ । जसको विश्वास गर्न सकिदैन त्यहि व्यक्तिको आडमा सत्तामा टिक्न खोज्नु नै गलत हो । यतिखेर एमाले र अन्य बामपन्थिको चंगुलमा कांग्रेस फसेको छ । कांग्रेस एक्लै हिँड्न खाजे बामपन्थि एक भएर कति बर्ष राजगर्ने हुन् भन्ने डराएको मानसिकता राख्दा समस्या दिन प्रतिदिन बढ्दै गएको छ । बामपन्थि एक भएर सत्ता चालउने र कांग्रेसले खरो प्रतिपक्षको भूमिका निभाउने हो भने देशलाई न्याय हुने थियो । बामपन्थिले सत्ता चलाउने कुरै भएन जनताले फेरी कांग्रेस रोज्ने दिन आउने थियो । प्रजातन्त्रको अभ्यास गर्न डराउने पार्टीका नेताहरुले प्रजातन्त्रलाई बलियो बनाउन सक्दैनन् भन्ने चर्चा हुन थालेको छ । त्यसैले राम्रा छबि भएका मानिसहरु कांग्रेसबाट अलग हुन थालेका छन् । तसर्थ नेपाली कांग्रेसका हरेक नेता कार्यकर्ता सचेत हुन जरुरी  छ । अहिले सत्तामा गएका बेला कांग्रेसका मन्त्रीहरुले जनपक्षिय काममा खरो उत्रन सकेनन् र सबै चोर हुन् भन्ने सन्देश गयो भने मुलक थप सकंटमा पर्छ । यसमा सबैले ध्यान दिन जरुरी छ