टीकापुर, ३१ जेठ/सरकारले कैलाली क्षेत्र नम्बर १ का नागरिक लाई पटक पटक ठगेपछि कैलाली स्थित सत्ति भन्सार कार्यालय खक्रौलामा तालाबन्दी गरिएको छ । टीकापुर उद्योग बाणिजय संघले धर्ना सहित तालावन्दी गरेको हो ।
सत्ती भन्सार कार्यालयमा ल्याव सहितको क्वारेन्टाइन हुनुपर्ने माग पटक–पटक राखेपनि सरकारले व्यवास्ता गर्दै आएको छ । राज्य बाट ठगिएको महशुस गरेका व्यापारी र स्थानीयले टीकापुरलाई हेप्न पाइदैन भन्दै हाम्रो माग पुरा गर भन्ने नारा लगाएका थिए ।
उनीहरुले मूल भन्सार कार्यालय दिने तर भएको क्वारेन्टाइन स्थापना गर्न चासो नदिनु ठूलो रहस्य भएको बताए । संघले मंगलबार भन्सार कार्यालय मा एक घण्टा धर्नासहित तालावन्दि गरेको हो ।
टीकापुर उद्योग बाणिज्य संघ का अध्यक्ष चक्रपाणी सापकोटा ले सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन स्थापना हुनु पर्ने आफ्नो मुल मुद्धा भएको बताउँदै आफ्नो माग पुरा नभए अन्य संघर्षका कार्यक्रम पनि अगाडी बढाउने बताउनु भयो ।
संघका पूर्व अध्यक्ष नवराज रावलले २०७५ सालमा सत्ति भन्सार कार्यालयलाई मुल भन्सारका रुपमा स्थापना गरिए पनि अहिलेसम्म क्वारेन्टाइन नहुँदा यहाँका उद्योगी व्यवसायी लाई निकै समस्या भैरहेको बताउँदै आफ्नो माग पुरा नभए सम्म जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताउनुभयो ।
उद्योग बाणिज्य संघका पूर्ब महासचिब तपेन्द्र स्वाँरले भन्सार कार्यालय प्रमुखको लापरबाही पनि देखियो भन्नुभयो ।
उहाँले राजश्व कम उठ्यो भन्ने तर राजश्व कम उठ्नुको कारण क्वारेण्टाइन नहुनु हो भन्ने बारेमा कार्यालय प्रमुखले केन्द्रमा जानकारी नगराएको बताउँनु भयो ।
संघले दुई दिन अघि भन्सार कार्यालय, ईलाका प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय टीकापुरमा ज्ञापन पत्र बुझाएको थियो । सरकार गैर जिम्मेवार भएको यस क्षेत्रका नागरिकको बुझाई छ ।
स्थानीय राजनीतिक दलका नेताहरुले बेलाबखत क्वारेण्टाइन का बारेमा पहल गरेपनि सरकारले केही वास्ता गरेको छैन । ‘‘सरकार कति गैर जिम्मेवार छ भन्ने भन्सार कार्यालयको अवस्था बुझ्दा प्रष्ट हुन्छ । ,’’नेपाली कांग्रेसका पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले भन्नुभयो ,‘‘ २०७५ सालमा मूल भन्सार भनियो तर यहाँ भएको क्वारेण्टाइन स्थापना गर्ने बारेमा चासो नदिएको देख्दा केही षडयन्त्र छ भन्ने बुझ्न जरुरी छ । ’’ विकासका सवालमा श्रेय लिन हतार गर्ने संस्कारले पनि टीकापुर क्षेत्रमा विकास भन्दा पनि ठगिदै जानु परेको तथ्यलाई बुझ्न जरुरी छ । ’’
उहाँले भएका विकास निर्माण मेरा पहलमा हो भन्ने सोच नै गलत छ त्यसैले यस क्षेत्रका राजनीतिक दलका नेता र सामाजिक अगुवा उद्योग बाणिज्य संघको आन्दोलमा सहभागि भएर सरकारलाई दबाब दिन जरुरी छ भन्नु भयो ।
‘‘माग पूरा नहुँदा सम्म यो आन्दोलन रोकिनु हुँदैन,’’ अधिकारीले भन्नुभयो,‘‘ क्वारेण्टाइन को छिनोफानो यहि आन्दोलनले तय नगर्ने हो भने टीकापुरबासी ठगिने निश्चित हो ।’’