सन्त निरंकारी मण्डल टीकापुरद्धारा रक्तदान

टीकापुर, १० बैशाख/ सन्त निरंकारी मण्डल टीकापुर शाखाले शनिबार रक्तदान कार्यक्रम गरेको छ ।
रक्तदान कार्यक्रमबाट ४८ पिन्ट रगत संकलन भएको छ । गत वर्ष टीकापुर शाखाले ४२ पिन्ट रंगत संकलन गरेको थियो । कार्यक्रम रेडक्रस शाखा टीकापुरको प्राविधीक सहयोगमा भएको हो ।


रगत नालीमा होइन नाडीमा बगाउ भन्ने नारा सहित मण्डलले कार्यक्रमको आयोजना गरेको बताईएको छ ।
शनिबार देशका विभिन्न ठाउमा यसै गरी रक्तदान कार्यक्रम भएका छन् ।
सन् १९८० मा सतगुरु बाबा गुरुवचनसिंह महाराजको हत्या भएको सम्झनामा हरेक अंग्रेजी वर्षको अप्रिल २४ का श्रद्धान्जली स्वरुप विश्वभर
सन्त निरंकारी मण्डलका शाखाहरुमा रक्तदान कार्यक्रम को आयोजना गरिने टीकापुर शाखाका अध्यक्ष महादेव भण्डारीले जानकारी दिनुभयो ।