टीकापुर, ८ असोज/सन्त निरंकारी मण्डल नेपाल टीकापुरले शुक्रबार बाढि पीडितहरुलाई १ लाख २ हजार २ सय ६० रुपैयाँ मुल्यको खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले उक्त खाद्यान्न सामाग्री भजनी नगरपालिकाका प्रमुख केवल चौधरीलाई हस्तान्तरण गर्नुभएको हो ।
खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष रावलले सन्त निरंकारी मण्डल नेपालको स्थापना कालदेखि अहिले सम्म विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहको बताउनु भयो । उहाँले विभिन्न ठाउँमा बाढिले क्षेति पु¥याएको हुँदा यो भजनी क्षेत्रमा पनि ठूलो नोक्सनी गरेको हुँदा धेरै ठूलो सहयोग नभए पनि पीडितहरुलाई यो सहयोगले राहत हुने बताउनुभयो । रावलले केहि दिनमै अछाम र कञ्चनपुरमा यस्तै सहयोग गर्ने बताउनुभयो ।
राहत सामाग्री बुझ्दै भजनी नगरपालिकानगर प्रमुख केवल चौधरीले यहाँले बुझाउनु भएको राहतले पनि बाढिबाट पीडित भएकाहरुलाई सहयोग पुग्ने बताउनुभयो । उहाँले विभिन्न संघसंस्थालाई सहयोग गर्न पनि अनुरोध गर्नुभएको छ । साथै उहाँले सन्त निरंकारी मण्डल नेपाल टीकापुरलाई खाद्यान्न सहयोग गरेकोमा धन्यवाद पनि दिनु भयो ।
कार्यक्रममा भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवा,, वडा सदस्यं सनमी टीकापुर क्षेत्रका क्षेत्रीय संचालक नरवहादुर बटाला, सन्त निरंकारी मण्डलका सल्लाहकार श्रीराम काफ्ले, स्थानीय मुखी खेमराज काफ्ले, सेवा दलका जवानका साथै स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।