सन्त निरंकारी स्कूलद्वारा कक्षा १२ को परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान

टीकापुर, २७ भाद्र/सन्त निरंंकारी आदर्श विद्या मन्दिर विद्यालय टीकापुरले २०७९ सालमा संचालित कक्षा १२ को परिक्षामा उत्तिर्ण हुने विद्यार्थीरु लाई सम्मान गरेको छ ।
विद्यालय व्यवस्थापन समिति का अध्यक्ष श्रीराम काफ्लेको अध्यक्षतामा शुरु भएको कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष एवम विद्यालय गुठीयार बोर्डका प्रमुख नर बहादुर रावल रहनु भएको थियो ।


रावलले शिक्षा नै सम्पत्ति भएकोले विद्यार्थीहरुले शिक्षा लाई ध्यानमा राखेर अघि बढनु पर्ने बताउनुभयो ।
विद्यार्थीहरुले गल्त बाटोलाई त्यागेर राम्रो बाटो अगाल्नुपर्ने बताउँदै उहाँले राम्रो बाटो तर्फ लागेका विद्यार्थीहरुको भविष्य पनि राम्रो हुने बताउनुभयो ।
उहाँले पास हुनुभएका विद्यार्थीहरु लाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै विद्यार्थीहरुको उज्जवल भविष्यको पनि कामना गर्नुभएको थियो ।


कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट कक्षा १२ मा अध्ययरत अर्जुन पोखरेल र कक्षा १२ मा ३।६२ जि।पि।ए ल्याएर उत्तिर्ण हुनुभएकी सलिना ढुंगाना लगाएत ले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको संचालन स्कूलका प्रधानाध्यापक टेक वहादुर चन्दले गर्नुभएको थियो ।